मिडिया काउन्सिलसम्बन्धि विधेयक फिर्ता नहुने मन्त्री बास्कोटाको अडान कायमै

मिडिया काउन्सिलसम्बन्धि विधेयक फिर्ता नहुने मन्त्री बास्कोटाको अडान कायमै

gakul baskota

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सघीय संसदमा दर्ता गरिएको मिडिया काउन्सिलसम्बन्धि विधेयक फिर्ता नहुने अडान कायमै राखेका छन् । बिहीबार सो विधेयकका केही प्रावधान तत्काल हटाउन माग गर्दै सत्तारुढ नेकपा निकट पत्रकारहरुको संगठन प्रेस संगठन नेपालले ज्ञापन पत्र बुझाएपछि उहाँले संचारकर्मीलाई सो विधेयक फिर्ता नहुने बताएका हुन् ।

मन्त्री बास्कोटाले प्रेसलाई संकुचित बनाउने कुनै मनसाय नरहेको पनि स्पष्ट पारे । मन्त्री बास्कोटाले संविधानले बर्जित गरेका विषयमा लेख्ने काम गरे मात्रै दण्ड जरिवानाको व्यवस्था गर्ने गरी सो विधेयक ल्याइएको उहाँको दाबी थियो । उनले संसद हरेक विधेयकको छलफल गर्ने सबैभन्दा ठूलो निकाय भएकाले त्यसमा व्यापक छलफल गरेर सो विधेयकलाई टुंगोमा पु¥याउने योजना समेत अघि सारे ।

प्रेस संगठन नेपालले भने सो विधेयकमा पत्रकारहरुलाई दण्ड सजाय गर्ने व्यवस्था गरिएको उल्लेख गर्दै त्यसलाई तत्काल हटाउन माग गरेको थियो । प्रेस संगठन नेपालका सहसंयोजक गणेश बस्नेतले सो विधेयकको बुँदा नम्बर १८ मा रहेको ‘२५ हजारदेखि १० लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने’ र ‘क्षतिपूर्ति भराउने सम्बन्धि व्यवस्था’ हटाउन माग गर्दै सरकारलाई ज्ञापन पत्र बुझाइएको स्पष्ट पारे । संगठनले मिडिया काउन्सिललाई सरकार नियन्त्रित नभई स्वायत्त निकायको रुपमा स्थापित गराउन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ