सन्दीपको अर्को ऐतिहासिक छलाङ : ५० हजार अमेरिकी डलरमा पाकिस्तान सुपर लिगका लागि लाहोरले किन्यो

सन्दीपको अर्को ऐतिहासिक छलाङ : ५० हजार अमेरिकी डलरमा पाकिस्तान सुपर लिगका लागि लाहोरले किन्यो

Sandeep Lamichhane

काठमाडौं । नेपालका चर्चित लेग स्पिनर सन्दीप लामिछानेले विश्व क्रिकेटमा एक पछि अर्को छलाङ मार्ने क्रम जारी छ । सन्दीप मंगलबार बेलुकामात्र पाकिस्तान सुपर लिग (पिएसएल) टी—२० क्रिकेटका लागि छनोट भएका छन् । प्रतियोगिताको ड्राफ्टमा रहेका सन्दीपलाई अक्सन (बोलकबोल) मार्फत लाहोर क्वालान्डर्सले छनोट गरेको हो ।

सन्दीपको नाम यसअघिनै ‘गोल्ड’ श्रेणीमा रहेको थियो । गोल्ड श्रेणीमा रहने खेलाडीले कम्तीमा ५० हजार अमेरिकी डलर प्राप्त गर्नेछ । त्यसकारण पिएएिलमा सन्दिपको मूल्य ५० हजार डलर रहेको छ ।

सन्दिपको टोली लाहोरले ड्राफ्टबाट एबी डीभिलियर्स, कार्लोस ब्रेथवाइट, फखर जमानजस्ता चर्चित खेलाडीलाई छनोट छ । आगामी फ्रेबुअरीमा आयोजना हुने पिएसएल लाहोर क्वालान्डर्स, क्वेटा ग्ल्याडीएटर्स, कराँची किंग्स, पेशेवर जाल्मी र इश्मलामाबाद युनाइटेड गरी ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । एक टोलीको निक्र्योल हुन बाँकी छ ।

सन्दीपले यसअघि इन्डियन प्रिमियर लिग (आइपीएल), क्यारेबियन प्रिमियर लिग, ग्लोबल टी—२० लिग क्यानडा, अफगानिस्तान प्रिमियर लिग खेलिसकेका छन् । उनी बुधबारदेखि युएईमा आयाजना हुने टी—१० क्रिकेट लिग खेल्दैछन् । टी—१० लिगमा सन्दीपले केरला किंग्सबाट खेल्दैछन् । लिग खेल्न सन्दिप गत आइतबार युएई प्रस्थान गरेका थिए ।

केरलाले सन्दीपलाई ३० हजार डलरमा अनुबन्ध गरेको हो । अन्तर्राष्ट्रिय लिग खेल्न भ्याई नभ्याई भएका सन्दीप डिसेम्बर १९ देखि आयोजना हुने अष्ट्रेलियन लिग बिग बास र जनवरी ५ तारिख देखि बंगलादेश प्रिमियर लिगमा पनि छनोट भइसकेका छन् ।

यसअघि आइपीएलमा सन्दीप २० लाख भारुमा बिक्रि भएका थिए । उनलाई यसपटक पनि आइपीएल टोलीले लिएको छ । सन्दीपले क्यारेबियन प्रिमियर लिगमा ५ हजार, ग्लोबल टी—२० लिग क्यानडामा ४० हजार डलर, अफगानिस्तान प्रिमियर लिगमा १५ हजार र बिग बासमा ६० देखि ७० हजार अमेरिकी डलर पाउनेछन् ।

सन्दीपका लाति तय भएको लिगबाट उनले पाउने रकम साँढे दुई करोड हाराहारी पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ