मानव तस्करको चंगुलमा परेका लमजुङ बेसिशहरका सन्तोष लिबियामा मारिए

मानव तस्करको चंगुलमा परेका लमजुङ बेसिशहरका सन्तोष लिबियामा मारिए

santosh stha

उत्तर अफ्रिकी मुलुक लिबिया आक्रमणमा मारिएका नेपाली लमजुङ जिल्ला बेसिशहर नगर पालिका–११ का २७ वर्षीय सन्तोष श्रेष्ठ भएको पत्ता लागेको छ । मानव तस्करहरुबाट अबैध रुपमा लिबिया पुर्याइएका सन्तोष बम आक्रमण परी गम्भिर घाइते भएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको हो ।

बुधबार दिउँसो विद्रोही समूह द लिबियन नेशनल आर्मी एलएनएले त्रिपोलीनजिकैको ताजोउरा डिटेन्सन सेन्टरमा हवाइ आक्रमण गरेको थियो । सो आक्रमणमा परी ४४ जना आप्रवासी मारिएका थिए भने १४३ जना घाइते छन् ।

बेंशीसहर नगरपालिका ११ का सोमप्रसाद श्रेष्ठ र सुन्तली श्रेष्ठले छोरा सन्तोषलाई युरोपेली मुलुक माल्टा या इटाली  भन्दै दलाललाई ६ लाख रुपैया पनि बुझाएका थिए । तर उनलाई अबैध ढंगले युरोप छिराउने प्रयास भैरहदा लिबिया आक्रमणमा परेर ज्यान गुमाए ।

कमाउने सपना बोकेर विदेसिएका सन्तोष उतै मारिएपछि परिवार पीडामा छ। छोराको जिउँदो अनुहार हेर्न नपाएका आमाबुवालाई शव आउला कि नआउला भन्ने पीर पनि छ।

माल्टा छिर्ने क्रममा उनीहरु प्रहरीको नियन्त्रणमा थिए । उनीहरुलाई जहाँ थुनेर राखिएको थियो, त्यही सेन्टरमा बिद्रोहीले हवाई आक्रमण गर्दा यति ठुलो जनधनको क्षती भयो । हिरासतमा रहेका सन्तोषलाई पनि नेपाल पठाउन नेपाली दूतावासले अन्तर्राष्ट्रिय आप्रवासी संगठन आइओएमलाई ट्राभल डकुमेन्ट पठाइसकेको थियो। तर उनी अब कहिले फर्कने छैनन् ।

त्रिपोलीमा रहेका श्रेष्ठलाई उद्धार गरी नेपाल फर्काउन दुई दिनअघि मात्र यात्रासम्बन्धी कागजात पठाउन आइओएमले नेपाली दूतावासलाई पत्राचार गरेको थियो। यसअघि आठ जना नेपालीलाई त्यहाँबाट उद्धार गरी नेपाल फर्काइएको र अझै छ जना नेपाली आइओएमको शिविर त्रिपोलीमा रहेको तथा उनीहरुलाई चाँडोभन्दा चाँडो नेपाल फर्काउने प्रयास भइरहेको दूतावासले विज्ञप्तिमा उल्लेख गरेको छ।

त्रिपोलीमा कार्यरत नेपाली शान्ति सेनासँग दूतावासले निरन्तर सम्पर्क स्थापना गरी सहयोग एवं समन्वय गरिरहेको जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds