भिमकाली पाटन तमु समाजले सार्वजनिक जग्गा मिचेर बनाएको संरचना महानगरले भत्कायो, अरु कहिले ?

भिमकाली पाटन तमु समाजले सार्वजनिक जग्गा मिचेर बनाएको संरचना महानगरले भत्कायो, अरु कहिले ?

dozar

पोखरा, २९ फागुन / पोखरा लेखनाथ महानगरपालिका वडा नं। १ मा सार्वजनिक जग्गा मिचेर स्थानिय भिमकाली पाटन तमु समाजले लगाएको पर्खाल महानगरपालिकाले भत्काएको छ ।

समाजले सार्वजनिक बाटो मिचेर आफ्नो भवनको गेट बनाएको एवम् सार्वजनिक नहर कुलोको मापदण्ड विपरित पर्खाल लगाइएको पाइएपछि भत्काइएको महानगरले जनाएको छ ।

तमु समाजले सार्वजनिक बाटो तथा नहर कुलोको मापदण्ड मिचेर पर्खाल लगाउँदा आफूलाई मर्का परेको बताउँदै स्थानिय सुभद्रा पोखरेलले दिएको निवेदन उपर कारवाही हुँदा उक्त पर्खाल भत्काइएको हो ।

नियमविपरित बनेको संरचना आफै हटाएर कार्यालयमा सम्पर्क गर्न पत्राचार गरिएपनि भीमकालीपाटन तमु समाजले अटेर गरेपछि महानगरप्रमुख मानबहादुर जिसीले उक्त संरचना भत्काउने निरिक्षण शाखालाई आदेश दिएका हुन् ।

स्थानिय सुभद्रा पोखरेलको करिब पाँच आना जग्गा समाजले लगाएको पर्खालका कारण निकासविहिन बनेको थियो ।
पोखराका धेरै स्थानमा विभिन्न समाज, विद्यायदेखि व्यक्तिगत रुपमा मिचिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ