सर्लाहीमा प्रदर्शनकारीमाथि प्रहरीको गोली, एक जनाको घटनास्थलमै मृत्यु

सर्लाहीमा प्रदर्शनकारीमाथि प्रहरीको गोली, एक जनाको घटनास्थलमै मृत्यु

gun-fire-

सांकेतिक चित्र

काठमाडौं : नदीमा बालुवा उत्घनन् गर्दा बनेको खाल्डोमा परी बालकको मृत्यु भएको भन्दै सर्लाही र महोत्तरीको सिमानामा पर्ने बाँकेमा आइतबार भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक जनाको ज्यान गएको छ।

सर्लाहीको ईश्वरपुर नगरपालिका बाँकेमा भएको झडपको क्रममा प्रहरीको गोली लागेर २७ वर्षीय केवल महतोको घटनास्थलमै मृत्यु भएको हो।

ईश्वरपुर नगरपालिकामा पर्ने बाँके नदीमा अवैध ढुंगागिट्टी उत्खनन् गर्दा बनेको खाल्टोमा शनिवार डुबेर स्थानीय लाले रायका १२ वर्षीय छोरा अमितकुमार यादवको ज्यान गएको थियो। मृतकको शव आइतवार विहान खाल्टोबाट निकालिएको थियो।

प्रहरीको गोली लागेर तीन जना स्थानीय घाइते भएका छन्।  स्थानीयको ढुंगामुढाबाट ८ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।deshsanchar

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds