साथीमार्फत् श्रीमतीको ब्ल्याकमेल गरिरहेका थिए पुलिस, गोप्य तस्बिर लिक गरिदिने धम्की

साथीमार्फत् श्रीमतीको ब्ल्याकमेल गरिरहेका थिए पुलिस, गोप्य तस्बिर लिक गरिदिने धम्की

arrest_MhzikMixsx

एजेन्सी : रचना (परिवर्तित नाम) भारतको लुगलकाबादमा बस्छन् । उनी पछिल्ला केही दिनदेखि तनावमा थिइन् । सोसल मिडियामा एक व्यक्ति उनलाई थुप्रै दिनदेखि मेसेज पठाइरहेका थिए । चिन्तित उनले पुलिसलाई यसबारे जानकारी दिइन् तर ब्ल्याकमेलरले मानेनन् । उनको मेसेज आइरह्यो । यसपटक उनले धम्की दिँदै भने, ‘यदि एक लाख रुपैयाँ नदिने हो भने सोसल मिडियामा निजी तस्बिर लिक गरिदिन्छु ।’

रचना पुनः पुलिसथाना गइन् र ती सबैकुरा जानकारी दिइन् । पुलिसले ब्ल्याकमेलर पक्राउ गर्न टिम बनाए । अन्त्यमा आरोपी पक्राउ परे । ती आरोपी रचनाका श्रीमानका साथी निस्किए । र उनले रचनाको श्रीमानको आदेशमा नै यस्तो गरेको बताए ।

के हो मामला ?

एनटीबीको खबर अनुसार रचनाका श्रीमान् नविन कुमार शर्मा दिल्ली पुलिसमा हेड कन्स्टेबल हुन् र नजफगढमा बस्छन् । दुईबीच अदालतमा विवाद चलिरहेको छ । दुई साढे दुई वर्षदेखि अलग बसिरहेका छन् । उनीहरुका साढे दुई वर्षका छोरा पनि छन् जो रचनासँग बस्छन् ।

सोसल मिडियामा मेसेज आएपछि रचनाले जून १८ तारिखमा पुलिसमा उजुरी दिइन् । त्यसपछि पुलिसले ब्ल्याकमेलरलाई समात्नका लागि पैसा दिने बहानामा बोलाए । त्यहाँ उनलाई पक्राउ गरियो । रचनाले ती व्यक्तिलाई देख्नेबित्तिकै चिनिहालिन् । आरोपीका नाम अंशुल हो ।

पुलिस सोधपुछमा आरोपीले पैसा लिनका लागि उनलाई रचनका श्रीमान् नविन कुमार शर्माले पठाएको बताए । पुलिसले नविनलाई पनि पक्राउ गरेको छ ।

पुलिसले नविनको फोनमा रचनाका केही अश्लिल तस्बिर भेटेको छ । जब पुलिसले ती फोटोबारे सोध्यो तब नविनले ती फोटो सोसल मिडियामा केही अपरिचित अकाउन्टबाट भेटिएको बताए । पुलिसले दुबैको मोबाइल जफत गरेको छ र दुईविरुद्ध मुद्दा चलाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds