कास्की क्षेत्र नं. १ सौगात पोखरेल (नयाँ शक्ति): पार्टी ब्लड ग्रुप होईन फेर्नै नमिल्ने । राष्ट्रको आवश्यकताबोध गरौं

कास्की क्षेत्र नं. १ सौगात पोखरेल (नयाँ शक्ति): पार्टी ब्लड ग्रुप होईन फेर्नै नमिल्ने । राष्ट्रको आवश्यकताबोध गरौं

Naya Shakri

नयाँ शक्ति पार्टी नेपालले कास्कीका सबै क्षेत्रमा चुनावी अभियान थालेको छ । सबै क्षेत्रमा उम्मेदवारी दर्ता गराएर उम्मेदवारहरु चुनावी कार्यक्रम लिएर मतदाताको घरदैलोमा पुग्न थालेका हुन् ।

आर्थिक समृद्धिको नारा लिएर राष्ट्रिय राजनीतिको निर्णायक दल बन्ने लक्ष्यसहित देशभरजस्तै कास्कीमा पनि नयाँ शक्तिले चुनावी अभियान थालेको कास्की संयोजक हेमबहादुर थापाले बताए ।

नयाँ शक्ति नेपाल कास्कीले सबैजसो क्षेत्रमा युवा उम्मेदवारलाई टिकट दिएर मतदाताको घरआँगनमा पठाएको छ । समृद्ध कास्की र समृद्ध प्रदेश नम्बर ४ निर्माणका लागि योजनासहित चुनावी अभियान लिएर मतादातको घरआँगनमा जान थालेको संयोजक थापाले बताए ।

शम्भु खातीको अध्यक्षतामा निर्वाचन परिचालन समिति छ भने २५ गतेबाट औपचारिक घरदैलो कार्यक्रम सुरु भएको नयाँ शक्ति कास्कीले बताएको छ । ‘२५ गते नै कास्कीका ३ वटै क्षेत्रका सम्पर्क कार्यालय स्थापना गरिएको छ ।

क्षेत्र नम्बर १ को डाँडाको नाक, क्षेत्र नम्बर २ को सिर्जना चोक र क्षेत्र नम्बर ३ को पस्र्याङमा सम्पर्क कार्यालय छ,’ संयोजक थापाले भने, ‘लगत्तै वडा सम्पर्क कार्यालयसमेत स्थापना गरेर मतदाताको घरदैलोमा पुगिसक्यौं ।’ कास्कीमा पनि नयाँ शक्ति निर्णायक पार्टी बन्ने दाबी थापाको छ । नयाँ शक्तिले कास्की क्षेत्र नम्बर १ मा २९ वर्षीय युवा सौगात पोखरेललाई उठाएको छ । नयाँ शक्ति युवा संगठन प्रशिक्षण विभागका पोखरेलले पूर्व र वर्तमान २ मन्त्रीसँग प्रतिस्पर्धा गर्दैछन् । एमाले नेता तथा पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारी र कांग्रेसका वर्तमान कानुनमन्त्री यज्ञबहादुर थापासँग चुनावी मैदानमा होमिएका पोखरेलले युवा नेपाली राजनीीतमा हस्तक्षेपकारी रुपमा आउनुपर्ने बताए ।

क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा नारायणहरि तिवारी र प्रदेश नम्बर २ मा कमल थापा नयाँ शक्तिबाट चुनावी अभियान लिएर मतदाताको घर दैलोमा पुग्दैछन् । कास्की क्षेत्र नम्बर २ मा दीपक भण्डारी नयाँ शक्तिबाट एमालेका रवीन्द्र अधिकारी र कांग्रेसका देवराज चालिसेसँग चुनावी मैदानमा छन् । क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा नयाँ शक्ति कास्की संयोजक हेमबहादुर थापा एमाले उम्मेदवार कास्की अध्यक्ष कृष्ण थापा र कांग्रेस उम्मेदवार गुरु बरालविरुद्ध जित निकाल्ने लक्ष्यसहित चुनावी मैदानमा गएको बताए ।

नयाँ शक्तिबाट प्रदेश सभा २ मा डम्मर केसी चुनावी अभियान लिएर जाँदैछन् । कास्की क्षेत्र नम्बर ३ मा नारायण भण्डारी, ३ को प्रदेश सभा १ मा देवी सुवेदी र ३ को प्रदेश सभा २ मा नेत्र चपागाईं चुनावी मैदानमा होकिएका छन् । कास्कीका १-२ ठाउँमा जीत हासिल गर्ने कसरत र राष्ट्रिय पार्टी बन्ने लक्ष्यसहित चुनावी मैदानमा होमिएको नयाँ शक्ति कास्कीले जनाएको छ ।

क्याम्पसबाटै प्रचार अभियान 

नयाँ शक्ति पार्टी कास्की क्षेत्र नं.१ का प्रतिनिधि सभाका सदस्यका उम्मेदबार सौगात पोखरेलले आफ्नो चुनाबी अभियानको सुरुवात गरेका छन् ।

नयाँ शक्ति पिएन क्याम्पसको आयोजनामा भएको उक्त कार्यक्रमा कास्की क्षेत्र नं. १ बाट अध्यानको लागी पिएन क्याम्पसमा आएका बिद्यर्थीहरुसँग अन्तरक्रिया गरेर उनले आफ्नो अभियानको थालनी गरेका हुन ।

कार्यक्रममा बोल्दै उनले भने –‘ आज बिकास र संमृद्धिको नारा सिँगो देशको नारा बनेको छ । नयाँ शक्तिले हिजो बिकास र संमृद्धिका कुरा उठाउदा बिचारबिहिनहरुको संज्ञा दिने दलहरु आज बिपिको समाजबादलाई र जनताको बहुदलिय जनबादलाई झोला थन्काएर बिकास र संमृद्धिको एजेण्डा प्रमुख बनाएर चुनावी मैदानमा आउनु नै नयाँ शक्तिको बिजय हो ।’

देशकै सबै भन्दा बढि उर्जावान र क्षमतावान युवाहरु क्याम्पसमा रहेको कारण आँफुले क्याम्पसबाट चुनावी अभियानको थालनी गरेको बताए । उनले अहिलेको चुनावी प्रचारलाई ब्यङ्य गर्दै भने–‘चुनाबको बेलामा चाहि नेपालका मतदाता साह्रै भाग्यमानी अब जनताको धान काट्न र चुट्न,खेत जोत्न र भैसी दुहुने काम अरु उम्मेदबारहरुले गरिदिन्छन् । तर हामी अघिल्लो चुनाबमा तिनै दलका प्रचार गरेर बिदेश हानिएको जेठो छोरोलाई देश फर्काउने काम चाँहि हामी गर्छौँ ।’ पुराना दलहरु यसो गर्छौँ,उसो गर्छौँ भन्नुको कुनै तुक नभएको भन्दै उनले थपे–‘ पुराना दलहरुले हामी यसो गर्छौ उसो गर्छौ भन्दै हिडेको देखेको छु ।तर पटक पटक अबसर पाउदा यति काम गर्न सकेँ भनेर कसैले भनेनन् । यो भन्दा लाजको बिषय अरु के हुन सक्छ ? हिजो गरेका प्रतिबद्धता पुरा गर्न नसक्दाको जिम्मा उनिहरले लिन पर्छ कि पर्दैन ?’

कार्यक्रममा नयाँ शक्ति क्षेत्र नं. १ ‘क’उम्मेदबार नारायणहरी तिवारीले २० को अवधी प्रत्येक नागरीकको थाप्लोमा २० हजारका दलले ऋण थपिएको बताए । उनले भने –‘पुराना दलहरुले काम गरेकै कारण आज देशबाट ४२ लाख युवा पलाएन भएका छन् । ती युवाहरुलाई देश फर्काउने जिम्मा हाम्रो काँधमा आएको छ ।’ कार्यक्रमा बोल्दै नयाँ शक्ति क्षेत्र नं. १ ‘ख’ का उम्मेदबार कमल थापाले युवा बिद्यार्थीहरुलाई संमृद्ध मुलुक निर्माण गर्ने अभियानमा लाग्नका लागि आब्हान गरेका थिए ।

नयाँ शक्ति बिद्यार्थी युनियन पिएन क्याम्पसको अध्यक्ष कृष्ण अधिकारीको सभापतित्वमा भएको उक्त कार्यक्रमको संचालन सचिब बिशाल तिमिल्सिनाले गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds