लार्जुङ गाउँ दशैं कप भलिबल च्याम्पियन

लार्जुङ गाउँ दशैं कप भलिबल च्याम्पियन

soja

सुन्दरकुमार थकाली, मुस्ताङ । दसै पर्व २०७५ को अवसरमा थासाङ २ सौरु गाउँमा अन्तर गाउँस्तरिय भलिबल प्रतियोगिता भएको छ ।एक आपसका गाउँबीच खेलका माध्यमबाट मैत्रीपूर्ण संम्वन्धलाई थप प्रगाढ तुल्याउने उद्देश्यले सिक्सस्टार क्लव सौरुले प्रतियोगिता आयोजना गरेको हो ।

शुत्रबार देखि आईतबार ३ दिनसम्म सौरु खेल मैदानमा संञ्चालन भएको भलिबल प्रतियोगितामा थासाङ २ लार्जुङ गाउँ च्याम्पियन बनेको हो ।आज भएको अन्तिम फाईनल खेलमा लार्जुङले बोक्सीखोलालाई ३–१ को सेटले हराउँदै उपाधि जितेको हो ।च्याम्पियन बनेको लार्जुङले उपाधि संगै नगद २५ हजार प्राप्त ग¥यो ।यस्तै उपबिजेता बोक्सीखोलाले नगद १५ हजारमै चित्त बुझाएको छ ।

यसअघि भएको सेमीफाईनलमा लार्जुङ भर्सेस धम्पु र कोवाङ ए भर्सेस बोक्सीखोला आमने सामने भएका थिए ।प्रतियोगिताको सर्वोउत्कृष्ठ खेलाडी अजित गौचन घोषित भए ।

अन्तर गाउँ स्तरिय दसै कप भलिबल प्रतियोगितामा छयो, लेते ए, लेते बि, धम्पु, नाउरिकोट, चिमाङ, मार्फा, देउराली, लार्जुङ,सौरु, कोवाङ ए, कोवाङ बि, टिटी नाकुमगरी कुल १४ टिमको सहभागि रहेको थियो । प्रतियोगिताका बिजेतालाई थसाङ २ का वडाअध्यक्ष नरप्रसाद हिराचनले पुरस्कार प्रदान गरेका थिए ।अध्यक्ष हिराचनले दसैको अवसरमा संञ्चालन भएको प्रतियोगिताले अन्तर गाउँबीचको सम्वन्धलाई दरिलो बनाउने प्रयास भएको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 2 seconds