विद्यालयको छतबाट एकै चोटी हाम फालेका किशोरको मृत्यु, किशोरी घाइते

विद्यालयको छतबाट एकै चोटी हाम फालेका किशोरको मृत्यु, किशोरी घाइते

Death 1

कलैया – विद्यालयको छतबाट हाम फाल्दा एक विद्यार्थीको मृत्यु भएको छ । अर्को एक विद्यार्थी गम्भीर घाइते भएका छन् । बाराको पचरौता नगरपालिका–१ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत १५ वर्षीय सरोज साहको मृत्यु भएको हो ।

हाम फाल्दा १४ वर्षीया छात्रा गम्भीर घाइते भएकी छन् । दुवै जनाले विद्यालयको तेस्रो तलाको छतबाट हाम फालेको प्रहरी नायब उपरीक्षक रञ्जीतसिंह राठौरले जानकारी दिए । साहको वीरगञ्ज नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । छात्राको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ