अस्ट्रेलियामा २१ वर्षीय सेढाई मृत फेला

अस्ट्रेलियामा २१ वर्षीय सेढाई मृत फेला

sedhai

अध्ययनका लागि अस्ट्रेलिया पुगेका नेपाली विद्यार्थी स्वदेश सेढाई मृत फेला परेका छन् । सिड्नीको गिलफोर्डमा बस्दै आएका २१ वर्षीय सेढाई आफ्नै कोठाको लुगा राख्ने दराजभित्र मृत फेला परेका हुन् ।

२ वर्ष अघि त्यहाँ पुगेका सेढाई सिड्नीस्थित युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीमा ब्याचलर अफ कम्युटर इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थी हुन् । अबेर रातिसम्म ठीक अवस्थामा देखिएका सेढाई बिहान अबेरसम्म नउठेपछि कोठामा हेर्दा मृत भेटिएका थिए ।

हाल उनको शवलाई लिडकमस्थित मोर्गमा राखेको र आवश्यक कानुनी कारबाही पश्चात आफन्तलाई शव बुझाउने सम्बन्धित निकायले जनाएको छ । मृतकका परिवारलाई एनआरएनए तथा झापाली समाज अस्ट्रेलियाले आवश्यक सहयोग गर्न बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds