सेनाका पूर्व चिफहरु आलोचित भईरहँदा वर्तमान प्रधानसेनापति थापाले पहिलो पटक सार्वजनिक गरे सम्पति

सेनाका पूर्व चिफहरु आलोचित भईरहँदा वर्तमान प्रधानसेनापति थापाले पहिलो पटक सार्वजनिक गरे सम्पति

army_chief

काठमाण्डौ – नेपाली सेनाका केही पूर्व चिफहरु अकूत सम्पति कमाएका कारण आलोचति भईरहँदा प्रधानसेनापतिको सम्पत्ति विवरण पहिलो पटक सार्वजनिक भएको छ । जुन प्रशंसनीय कदम वर्तमान प्रधानसेनापति पूर्णचन्द्र थापाले गरेका हुन् । उनले नेपाली सेनाको वेबसाइटमार्फत् आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

आफ्नो एक वर्षे कार्यकालको अवसर पारेर सैनिक मुख्यालय भद्रकालीमा एक कार्यक्रमका बीच मंगलबार उनले आफ्नो सम्पत्ति वितरण नेपाली सेनाको वेबसाइटमार्फत सार्वजनिक गरे । त्यस अवसरमा उनले नेपाली सेनामा आबद्ध सबैलाई पनि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न सचेत गराए ।

प्रधानसेनापति थापाले सार्वजनिक गरेको सम्पत्ति विवरणमा ५५ तोला सुन, ५९० तोला चाँदी र १० लाख बराबरको हार रहेको उल्लेख गरिएको छ । त्यसैगरी दुई वटा बैंकमा गरेर ६५ लाख नगद आफ्नो नाममा र श्रीमतीको नाममा ५० हजार नगद रहेको पनि नेपाली सेनाको वेबसाइटमार्फत सार्वजनिक गरिएको विवरणमा उल्लेख गरिएको छ ।

श्रीमती र छोरीको नाममा ४३ लाख बराबरको सेयर सम्पत्ति रहेको तथा काठमाण्डौ, नवलपरासी र लमजुङमा घरजग्गा रहेको पनि प्रधानसेनापति थापाको सम्पत्ति विवरणमा समावेश गरिएको छ । कार्यक्रममा बोल्दै प्रधानसेनापति थापाले नेपाली सेनामा हुने भ्रष्टाचार अनुगमन र नियन्त्रणका लागि आगामी वर्ष विशेष योजना ल्याउने घोषणा पनि गरे ।

प्रधानसेनापति थापाले सेनाका रथीवृन्द र अधिकृतहरुको सम्पत्तिको छानबिनको कामलाई पनि अघि बढाउने योजना अघि सारे । उनले नेपाली सेनालाई बदनाम गराउने कुनै पनि काम आफूले गर्न नदिने चेतावनी पनि दिए ।

तस्विरः प्रदीप राज वन्त/रासस

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ