लेखनाथमा सिनियर मिनि म्याराथनः मनकाजी र सुमित्रा बने प्रथम

लेखनाथमा सिनियर मिनि म्याराथनः मनकाजी र सुमित्रा बने प्रथम

sdr

लेखनाथ । पोखरा – २७, लेखनाथमा आयोजित ‘सिनियर मिनि म्याराथन’ मा पुरुषतर्फ मनकाजी पुन र महिलातर्फ सुमित्रा बस्ताकोटीले प्रथम स्थान प्राप्त गरेका छन् ।

बडादशैंको अवसरमा स्थानीय सृजनशिल युवा क्लबले शनिबार आयोजना गरेको उक्त म्याराथन खोलाकोडिल–जरुवा–घैंटेकोखोर–खराने बिर्ता हुँदै पुनः खोलाकोडिलमै पुगेर ३ हजार ५ सय दुरीमा प्रतिष्पर्धा गराइएको थियो ।

‘विकास अनुशासन र गतिशिलता, स्वस्थ समाज हाम्रो प्रतिवद्धता’ भन्ने नाराका आयोजित प्रतियोगितामा पुरुष समूहमा ४५ जना र महिला समूहमा ३९ जना सहभागी थिए । ७५ वर्षसम्मका बृद्धबृद्धाले समेत प्रतिस्पर्धामा भाग लिएर कार्यक्रमलाई रोमाञ्चक बनाए ।

पुरुष समूहको दौडमा ४२ वर्षीय पुनले १६ मिनेट ३० सेकेण्डमा उक्त दुरी पार गरी प्रथम बने । २१ मिनेट २ सेकेण्ड समयमा दुरी पार गरेर महिलासमूहबाट ३८ वर्षीया बस्ताकोटी प्रथम बनिन् । महिला पुरुष दुबै समूहका प्रथम उपाधि बिजेताले नगद ५/५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

पुरुष समूहबाट ३७ वर्षीय अकबहादुर पुन १६ मिनेट ४४ सेकेण्ड समयमा दोस्रो बने । महिलातर्फ ३६ वर्षीया उमा दमाई २१ मिनेट १९ सेकेण्ड समयमा दुरी पार गरी दोस्रो बनिन् । उनीहरुले नगद ३/३ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र हात पारे ।
१७ मिनेट ५ सेकेण्ड समयमा पुरुष समूहबाट ४२ वर्षीय गोविन्द वाग्ले तेस्रो बन्न सफल भए । त्यस्तै, २२ मिनेट ७ सेकेण्ड समयमा उक्त दुरी पार गरी ४० वर्षीया सुनिता क्षेत्री महिला समूहबाट तेस्रो बन्न सफल रहिन् । तेस्रो स्थान प्राप्त गर्न सफल भएकाहरुले नगद २/२ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

 

कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल, पोखरा महानगर २७ वडाध्यक्ष पूर्णकुमार गुरुङ, स्थानीय टोल विकास संस्थाका प्रतिनिधिले बिजेतालाई उपाधि प्रदान गरे ।

आयोजकले कार्यक्रमको निर्देशिका बमोजिम पुरुषतर्फ ३५ र महिलातर्फ ३० वर्ष उमेर माथिका व्यक्तिहरुलाई मात्र प्रतिस्पर्धामा सहभागि गराएको क्बलका अध्यक्ष महेश अधिकारीले जानकारी दिए ।

सम्बन्धित समाचारः

लेखनाथमा शनिबार सिनियर मिनी म्याराथन हुने

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ