पोखराको फेवातालमा शिरिषले जिते ८ औं ओपन वाटर च्याम्पियनशीप

पोखराको फेवातालमा शिरिषले जिते ८ औं ओपन वाटर च्याम्पियनशीप

Swim

ओलम्पियन शिरिष गुरुङ्गले पोखराको फेवातालमा सम्पन्न ८ औं ओपन वाटर स्विमिङ्ग च्याम्पियनसिप २०१८ जितेका छन् । उनले २.५ कि.मि.को दुरी २१ मिनट ३२.६७ सेकेन्डमा पुरा गरे । गुरुङ्गले नगद २५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे । गुरुङ्गले पाँचौं र छैटौं संस्करण पनि जितेका थिए । यस अघिको संस्करण एपिएफका देवेश मानन्धरले जितेका थिए ।

नेपाल पौडी संघको आयोजनमा फेवातालस्थित बाराही घाटमा भएको च्याम्पियनसिपमा वेदज्ञराज जोशी २१ मिनट ३८.३१ सेकेन्ड समयका साथ दोश्रो भए । उनले नगद १५ हजार सहित मेडल तथा प्रमाण पत्र प्राप्त गरे । तेश्रो स्थानमा अविरल भंडारी रहे । उनले २१ मिनट ४२.३१ सेकेन्ड समय खर्चे । भंडारीले नगद १० हजार सहित प्रमाण पत्र र मेडल प्राप्त गरे ।

महिला तर्फको प्रतिस्पर्धामा उपास्ती महर्जनले २२ मिनट ३३.३५ सेकेन्ड समय खर्च गर्दै स्वर्ण हात पारिन् । उनले नगद १५ हजार प्राप्त गरिन् । यसैगरि २३ मिनट ५५.९५ सेकेन्ड समयका साथ समिरा शोभा थापाले रजत जितिन् । कास्य पदक जितेकी श्रेवी महर्जनलले २४ मिनट ०५.७७ सेकेन्ड समय लगाईन् । रजत र कास्य पदक जित्नेले क्रमशः नगद १० र ८ हजार नगद प्राप्त गरे ।

कास्की जिल्लाको लागि मात्र भएको प्रतिस्पर्धामा धनमान गुरुङ्गले २६ मिनट ४८.७४ समयका साथ स्वर्ण पाए । उनले नगद ८ हजार प्राप्त गरे । दोश्रो भएका अर्जून नेपालीले नगद ५ हजार प्राप्त गरे । उनले ३० मिनट १८.१० सेकेन्ड समय लगाए । तेश्रो स्थानमा रहेका ठाकुर चौधरीले ३३ मिनट ५६.४९ सेकेन्ड समय लगाए । चौधरीले नगद ३ हजार प्राप्त गरे ।

बिदेशी खेलाडीहरुको प्रतिस्पर्धामा स्पेनका खेलाडीहरुले जित निकाले । गार्सिया डेलगाडो मार्टाले पहिलो स्थान हात पारिन् । उनले २८ मिनट ५१.६० सेकेन्ड समय लगाईन् । दोश्रो स्थानमा मिचेल वेल्चले ३१ मिनट ३६.१० सेकेन्ड समय खर्चिन् । यसै गरि अवेरो मारियाले ३५ मिनट २०.०३ सेकेन्ड समयका साथ तेश्रो भईन् । विदेशी खेलाडीहरुले प्रमाण पत्र प्राप्त गरे ।

बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी कास्कीका प्रदेश सभासद राजीव पहारी, सेनाका गण्डकी पृतनापती रथी काजी बहादुर खत्री, एसपी ओम राना, नेपाल पौडी संघका उपाध्यक्ष महेश नेवाः र महासचिव जगतमान श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा कास्कीका ६, बिदेशी ५, महिला १० गरि कुल ४० जनाको सहभागिता रहेको थियो ।

सागर र अनुष्कालाई दोहोरो स्वर्ण

पाठशाला स्कुलका सागर नायक र अनुष्का पोखरेल ९ औं माछापुच्छ«े कप उमेर समूह पौडी च्याम्पियनसिपमा दोहोरो स्वर्ण हात पार्न सफल भएका छन् । ५० मिटर फ्रि स्टायल तर्फ १७ बर्ष उमेर समूहमा नायकले ३२.३८ सेकेन्डमा र पोखरेलले ३४.७५ सेकेन्डमा दुरी पुरा गर्दै स्वण जितेका हुन् । पुरुष तर्फको दोश्रो स्थानमा एलएका रियाज महर्जन र तेश्रो स्थानमा नेपालगंजका रिजन बिष्ट रहे । यस्तै महिला तर्फ लेसिया डङ्गोलले रजत र नेपालगंजकी नम्रता कार्कीले कास्य पाईन् ।

यस्तै ५० मिटर ब्याकमा पनि सागरले स्वर्ण पाए । उनले ४४.१९ सेकेन्डमा दुरी पुरा गरे । एलएका रिवाज महर्जनले रजत र रमन तामाङ्गले कास्य पाए । महिला तर्फ अनुष्काले ४१.३५ सेकेन्डमा स्वर्णमा पाईन् । दोश्रो स्थानमा अदिप्शा बैद्य र तेश्रौ स्थानमा नेपालगंजकी नम्रता कार्की रहिन् ।

कास्की जिल्ला पौडी संघका आयोजना तथा नेपाल पौडी संघको सहयोगमा भएको च्याम्पियनसिपको फ्रिस्टायल तर्फनै यु १४ को ५० मिटरमा एपेक्स स्कुलका गौरव लामाले स्वर्ण, उर्गेन महर्जनले रजत र ज्ञानोदयका सुशान्त श्रेष्ठले कास्य पाए । महिला तर्फ अनुसिया तन्डुकारले स्वर्ण, जेभियरकी प्रनु भंडारीले रजत र नेपालगंजकी सुमी शाहीले कास्य पाए । यु १२ मा पुरुष तर्फ श्रेयन सिंहले स्वर्ण, नेपालगंजका अविरल भंडारी र खेम राज थापाले कास्य पाए ।

महिला तर्फ शुभताराकी शिक्षा श्रेष्ठले स्वर्ण मंजुघोक्साकी भिदुषी गुरुङ्गले रजत र आरज्ञी बिष्टले कास्य पाए । यु १० मा लिसन डङ्गोलले स्वर्ण, साल्विन महर्जनले रजत र नेपालगंजका करुण शर्माले कास्य पाए । यस्तै महिला तर्फ नेपालगंजकी सुप्रिया रावलले स्वर्ण, आर्जु थापामगरले रजत र दीपा कर्णले कास्य पाए । यु ८ को २५ मिटरमा पुरुष तर्फ मंजुघोक्साका चोगेल शेर्पाले स्वर्ण, मियोन महर्जनले रजत र प्रतिक महर्जनले कास्य पाए । महिला तर्फ टिशा महर्जनले स्वर्ण, आर्या महर्जनले रजत र जेनिसिर के.सी.ले कास्य पाए ।

कास्कीका शुभाग्य श्रेष्ठलाई स्वर्ण

कास्की जिल्लामा पौडी खेलको विकास र विस्तार गर्ने उद्धेश्यले कास्की जिल्लाका खेलाडीहरुको विच मात्र गरिएको प्रतिस्पर्धाको यु १७ २५ मिटर फ्रिस्टायलमा शुभाग्य श्रेष्ठले स्वर्ण पाए । उनले १८.३१ सेकेन्डमा पुरा गरे । दोश्रो स्थानमा सुद्धत बुद्धाचार्यले रजत र संकल्प दाहालले कास्य पाए । महिला तर्फ अरुवी तामाङ्गले १९.७५ सेकेन्डमा साथ स्वर्ण पाए । जुमना थापाले रजत र जेलिशा गुरुङ्गले कास्य पाए ।

यु १४ को ब्वाईज तर्फ बिदित पौडेलले १७.२८ सेकेन्डका साथ स्वर्ण पाए । प्रियश गुरुङ्गले रजत र नियोग छन्त्यालले कास्य पाए । गल्र्स तर्फ बिरंगना खत्रीले २३.३४ सेकेन्डका साथ स्वर्ण पाईन् । दोश्रो स्थानमा सविना कार्की र अंकिता क्षेत्रीले कास्य पाईन् । यु १२ ब्वाईज तर्फ सिवन श्रेष्ठले स्वर्ण, उज्वल श्रेष्ठले रजत र समिप श्रेष्ठले कास्य पाए । यु १० गल्र्स तर्फ औश्री पहरीले स्वर्ण, स्मारिका गिरीले रजत र प्रेरणा शर्माले कास्य पाए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds