पूर्व सांसद श्रीमाया थकालीलाई पितृ शोक

पूर्व सांसद श्रीमाया थकालीलाई पितृ शोक

45006880_1904429206313503_8702270745822101504_n

सुन्दरकुमार थकाली, मुस्ताङ । तत्कालिन नेकपा एमालकी पूर्व सांसद एव्म पोलिटब्यूरो सदस्य श्रीमाया थकालीलाई पितृ शोक परेको छ । घरपझोङ गाउँपालिका वडा नम्बर ५ निवासी स्थानीय समाजसेवी एवं धौलागिरी बोडिङका संस्थापक सदस्य समेत रहेका पूर्व सांसद थकालीका पिता ९१ वर्षिय सीप्रसाद थकालीको मंगलबार साँझ आफ्नै निवासमा निधन भएको हो ।

उमेरले नेटो काटेपनि निकै तन्दरुस्त जस्ता देखिने स्वर्गिय श्रीप्रसादको केही समय अघि लिस्नो चढ्दा एकाएक बिरामीका कारण बिस्तरामै थला परेका थिए । उहाको उपचारका लागि परिवारका सदस्यले अथक प्रयास गरेपनि निको नहुने भएपछि आईतबार पूख्यौली थलो ठिनी गाउमा ल्याईएको थियो । गाउ ल्याईपछि उनको २ पछि निधन भएको जनाईएको छ ।

बिद्यालयका संस्थापक सदस्य, गाउ मुखिया, वडाअध्यक्ष, कुछ्प तेरङ्गा गुम्बाको व्यवस्थापन समितिको अध्यक्ष समेत रहेका  थकालीको निधन पछि धौलागिरी बोडिङ स्कुलले आज बुधबार एक शोक सभाको कार्यक्रम गर्दै बिद्यालय बिदा गरेको छ । बिद्यालयले थकालीको तस्विरमा भावपूर्ण श्रद्धान्जली अपर्ण गर्दे बिद्यालयको झन्डा आधा झुकाएको बिद्यालयले जनाएको छ ।

यस्तै पूर्व सांसद श्रीमाया थकालीका पिता श्रीप्रसादको निधनले मर्माहत तुल्याएको भन्दै मुस्ताङका संघीय प्रतिनिधि सभा सदस्य प्रेमप्रसाद तुलाचन, प्रदेश सभा सदस्य महेन्द्रबहादुर थकाली, चन्द्रमोहन गौचन र ईन्द्रधारा बिष्टले फेसबुक मार्फत श्रद्धान्जली व्यक्त गरेका छन् ।

नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाले पनि पूर्व सांसद श्रीमाया थकालीका पिताको निधन प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोक व्यक्त गरेको छ । पूर्व सांसद थकालीले आफुलाई यसस्थान सम्म ल्याई पुर्याउन पिताको योगदान महत्वपूर्ण रहेको बताईन् । स्वर्गिय श्रीप्रसाद थकालीको आजै अन्त्यष्टि गर्ने कार्यक्रम रहेको परिवार श्रोतले बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ