ब्रेकिङ न्युजः पोखराको पुम्दीभुम्दीमा हिजोदेखि हराएकी बालिका मृतअवस्थामा फेला

ब्रेकिङ न्युजः पोखराको पुम्दीभुम्दीमा हिजोदेखि हराएकी बालिका मृतअवस्थामा फेला

Breaking News 1

पोखरा महानगरपालिका वडा नं. २२ भुम्दीभुम्दीमा बालिका मृत अवश्थामा भेटिएकी छिन् । सोमबार अपरान्ह साढे ५ बजे सम्पर्कविहीन भएकी १० वर्षीया बालिका श्रीया बिकको शव भोलिपल्ट भेटिएको हो ।

आज बिहान उनको शव कोदी स्थित घर नजिकै भेटिएको स्थानीयले बताएका छन् । वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी टोली त्यसतर्फ अहिले गइरहेको छ ।

कार्यालय प्रमुख डिएसपी नविन कार्कीले आफूहरु घटनास्थल तर्फ जाँदै गरेको जानकारी दिए । ‘हामी पुम्दीभुम्दीतर्फ जाँदैछौं । के भएको हो ? त्यसपछि मात्र थाहा हुन्छ ।’ डिएसपी कार्कीले भने । विद्यालयबाट फर्कने क्रममा बेपत्ता भएको र आज शव भेटिएको जानकारी आएको उनले जनाए ।

थप समाचारका लागि यस लिन्कमा क्लिक गर्नुहोस् ।

http://gandaknews.com/pumdi-vumdi-shreya/

प्रकाशित मितिः २०७५ असोज ९, ९ः५५ बजे ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ