श्रीयाको बलात्कार गरी हत्या गर्ने छिमेकी कुशुम पौडेल पक्राउ

श्रीयाको बलात्कार गरी हत्या गर्ने छिमेकी कुशुम पौडेल पक्राउ

Hatayara
  • रञ्जन अधिकारी, पोखरा

पोखरा २२ पुम्दीभुम्दीकी १० वर्षीया बालिका श्रीया सुनारको बलात्कारपछि हत्या गरेको आरोपमा उनकै छिमेकी पक्राउ परेका छन् । घटनाको २४ घण्टाभित्रै प्रहरीले मंगलबार राति २७ वर्षीय कुसुम पौडललाई पक्राउ गरेको हो ।

कुसुम सहित पाँच जनालाई पक्राउ गरेकोमा पौडेल मात्र दोषी देखिएका छन् । कास्की प्रहरीका अनुसार पौडेलले घटनामा संलग्न भएको स्विकार गरिसकेका छन् । रक्सी र गाँजाको सुरमा यस्तो काम भएको उनले बयान दिएका छन् । यद्यपी, जिल्ला प्रहरी कार्यालय कास्कीले यसबारे दिउँसो पत्रकार सम्मेलन गरी आधिकारिक जानकारी दिने बताएको छ।

वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नविन कार्कीले अपराधी पत्ता लागिसकेको पुष्टी गरे । ‘१३ घण्टा नबित्दै अपराधी पत्ता लगाउनु कास्की प्रहरीको सफलता हो,’ बिहान ३ बजे सम्पर्क गर्दा उनले भने– ‘थप कुरा पत्रकार सम्मेलन मार्फत जानकारी गराउनेछौं ।’

मंगलबार बिहान शव भेटिएपछि प्रहरीले हत्याराको खोजी गर्न तालिम प्राप्त कुकुर परिचालन गरेको थियो । उक्त कुकुर शव भेटिएको एक सय मिटर पर पुगेर अल्मलिएको थियो । त्यसैले प्रहरी छिमेकी नै संलग्न भएको निचोडमा पुगिसकेको थियो । घटनास्थलबाट श्रीयाको मामाघर २ मिनेट जति र अभियुक्त पौडेलको घर ५ मिनेट दुरीमा पर्दछ ।

यस्तो छ घटना विवरणः

श्रीया मामाघर नै बस्थिन् । स्थानीय लीला आधारभूत माविमा उनी ३ कक्षामा पढ्थिन् । सोमबार पनि उनी स्कुल गईन् । हजुरआमा मेला गएकी थिईन् । खाजा खानेबेला पानी आएको थियो । स्कुलबाट श्रीया सार्थीसँगै फर्किरहेकी थिईन् । ओँत परेर बसेकी हजुरआमासँगै स्कुलबाट फर्केकी श्रीया बसिन् । हजुरआमाले खाजा खाईसकेको र चिया खान बाँकी रहेकाले त्यो चिया श्रीयाले खाईन् ।

पानी बिदा भएपछि उनकी साथी आफ्नो घरतिर गईन् । हजुरआमा नातिनी सँगै घर फर्के । कपडा फुकालेपछि भोक लाग्यो भनिन् । माइजुले खाजा बनाएको होला खाउ भनेर हजुरआमाले भनिन् । पाँच रुपैंया लेउ भन्दै ढिपी कसिन् । हजुरआमाले पाँच रुपैंया दिईन् । टिभी हेरेर बस भनेर मामा र हजुरआमा घाँस काट्न गए । घाँस लिएर आउँदा श्रीया भेटिनन् । भोटे भोटे भनेर हजुरआमाले बोलाईन् । कतै सुनिएन । कान्छी फुपु, हजुरबुबा कसैलाई पत्तो भएन ।

पाँच रुपैंया पाएपछि श्रीया पाँच मिनेटको दुरीको पसलमा समेत पुग्न पाइनन् । मेलामा हजुरआमाको भाग चिया मात्र खान पाएकी थिईन् । घरमा माइजुसँग खाजा पनि खाईनन् । हजुरआमाले दिएको ५ रुपैंया लिएर उनी नजिकैको पसलतिर दौडिन् । यो सोमबार ५ बजेपछिको समय हो ।

खाजा पसल त्यो गाउँकै जक्शन हो । जहाँ बेलुकी समय भिडभाड हुने गर्दछ । केटाहरु भेला हुन्छन् । स्थानीय २७ वर्षीय कुशम पौडेलले पसलमा रक्सी खाए । उसको ग्याङमा ५ जना थिए । गाँजा पनि खाए । कुशुमले ब्याग पनि बोकेका थिए । प्रत्यक्षदर्शीका अनुसार असिन पसिन देखिन्थ्यो ।

बेलुकी ६ बजेपछि पाँच जना आ आफ्ना घरतिर लागे । पसलमा खुकुरी चुरोट किने अनि कुशुम पनि घर हिँडे । श्रीया हातमा पाँच रुपैंया नोट बोकेर आइरहेको देखे । कोदीको झाडी भएको ठाउँ देखेपछि कुशुमको मनमा एकाएक पाप पलायो । उसले आफूतिर बोलाए । ५ रुपैंया लिएर पसल हिँडेको ? आउ म दिन्छु पैसा भने, हजुरआमासँग ५ रुपैंया पाएर फुर्फुर हुँदै गएकी बालिका छिमेकी मामाले भनेपछि नजाने कुरै भएन ।

त्यसपछि कुशुमले श्रीयालाई समाते । श्रीया रुनकराउन थालिन् । बालिकाको घाँटीमा समाते । झनै कराउन थालेपछि भिरालो झाडीमा फालिदिए । त्यसपछि, आफै बाटो तल झरेर अर्धबेहास् श्रीयाको शरीरमाथि खेले । बालिका रक्ताम्ये भईन् । इज्जत मात्र लुटेनन्, तिखो ढुंगाले अनुहार टाउको क्षतविक्षत हुने गरी ढुंगाले कोपे । जमिन खोस्रेर टाउको माटोमा गाडिदिए ।

त्यसपछि कुशुम घर फर्के । घरमा श्रीमती र ८ वर्ष जतिको छोरा छ । कुशुमले कसैले थाहा नपाउने गरी कपडा धोए र सुकाए ।

श्रीयालाई राती अबेरसम्म खोजी गरियो भेटिएन । बिहान स्थानीय तुलसी प्रसाद ढकालले अर्का एक जना लिएर खोज्न हिँडे । बाटोमा डिल भत्केको देखियो । झाडीमा न उत्तानो, न घोप्टो परेको अवस्थामा माथि कपडा सोहोरिएको, तल घुँडा मुनी सुरुवाल झरेको अवस्थामा अर्धनग्न शव भेटियो । ढकालले बालिकाकी हजुरबुबालाई खबर गरे । हजुरबुबा प्रहरीलाई खबर गर्न झरेका थिए ।

मंगलबार बिहान ८ बजेतिर शव भेटिएपछि प्रहरीलाई शव भेटिएको जानकारी प्राप्त भयो । वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नविन कार्की सहितको टोली मुभ भयो । लगत्तै कास्की प्रहरी प्रमुख एसपी ओमबहादुर राना घटनास्थल सोझिए । तालिम प्राप्त कुकुर साथमा थियो । कुकुर १०० मिटर वरपर अलमलियो ।

स्थानीयले बलात्कार नै भएको ठोकुवा गर्दै नत्र कञ्चनपुर जस्तो घटना दोहोरिने भन्दै शव पोखरा झार्न दिए । केहिबेरको अवरोधपछि चिनेकै चिकित्सक समावेश र स्थानीयको रोहवरमा पोष्टमार्टम हुनुपर्ने शर्तमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शव ल्याइयो । चिकित्सकले बलात्कार भएको त्यतिबेलै स्थानीयलाई गोप्य रुपमा भनेको बालिकाकी ठूलोबुबा मिनबहादुर बिकले बताए ।

सुन काण्ड होस् या फेक इन्काउन्टर, कञ्चनपुर घटनामा प्रहरी जोडिएको घटना होस् । केही प्रहरीका कारण सिंगो संगठन बदनाम छ । उसै त लामाचौरको पुष्पा केसी प्रकरण सेलाएको छैन । कास्की प्रहरीले अन्त्यन्त गम्भिर भएर अनुसन्धान अघि बढायो । कास्की प्रमुख एसपी राना, प्रवक्ता डिएसपी रविन्द्रमान गुरुङ, वैदाम प्रमुख डिएसपी कार्की सहितको जिल्ला टीमले अन्ततः राति ११ बजेपछि अभियुक्त पक्रन सफल भयो । सुरुमा ६ जना नियन्त्रणमा लिएकोमा १ जना छाडेर रक्सी पिउने ५ जनाको समूहलाई केरकार गरियो । कुशुम पौडेलले घर जाँदा बाटोमा भेटिएकी श्रीयालाई आफूले बलात्कारपछि हत्या गरेको स्विकार गरे ।

पोष्टमार्टम रिपोर्ट सहित अभियुक्त सार्वजनिक भने कास्की प्रहरीले बुधबार गर्दैछ ।

को हुन् अभियुक्त कुशुम पौडेल ?

पोखरा २२ पुम्दीभुम्दकीका कुशुम पौडेलको घरमा श्रीमती र छोरा छन् । बुबा आमासँग छुट्टै बस्थे । काम केही छैन । मलेसिया र कतार गएर फर्किएका थिए । एक डेढ वर्ष अघि फर्केर घरमै थिए ।

लेकसाइडमा जान्छु भनेर निस्कन्थे । कन्स्ट्रक्शन लेबरमा काम गर्थे । गाउँतिर हल्लियो । रक्सी गाँजा खायो । श्रीमतीले ५० हजार बढी पैसा छोरोको पढाई खर्चका लागि ऋणमार्फत जोहो गरेकी थिईन् । त्यही पैसा लिएर कता गए कता ? घर फर्केको तीन साता पनि भएको थिएन ।

प्रकाशित समाचारहरु:

ब्रेकिङ न्युजः श्रेयालाई बलात्कार पछि हत्या गर्ने आफ्नै छिमेकी

अर्धनग्न भेटिएकी श्रेयाको बलात्कार पछि हत्या ! दबाब समूह गठन (फोटो फिचर)
पुष्पा केसी, माया बोधी लामाबारे अनुसन्धान कहाँ पुग्यो ?

अपडेटः पोखरा पुम्दीभुम्दीमा मृत फेला परेकी बालिकाको अनुहार क्षत विक्षत, झाडीमा अर्धनग्न शव

ब्रेकिङ न्युजः पोखराको पुम्दीभुम्दीमा हिजोदेखि हराएकी बालिका मृतअवस्थामा फेला
प्रहरी घटनास्थलतर्फ जाँदै

युट्युब च्यानल Gandak Media लाई Subscribe गर्न नभुल्नुहोला ।

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी गण्डक न्यूजका फाउण्डर इडिटर हुन् ।

ट्रेन्डिङ


This will close in 2 seconds