श्रीया सुनार हत्याकाण्डः कुसुम पुर्पक्षका लागि जेल चलान, यस्तो दिए बयान

श्रीया सुनार हत्याकाण्डः कुसुम पुर्पक्षका लागि जेल चलान, यस्तो दिए बयान

kusum

पाेखरा । पुम्दीभुम्दीकी १० वर्षीया बालिका श्रीया सुनारको हत्याको अरोपमा पक्राउ परेका कुसुम पौडेललाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । अहिलेसम्म प्रहरी हिरासतमा रहेका पौडेललाई अदालतको आदेशपछि कास्की कारगार चलान गरिएको छ । समाधान दैनिकका लागि सुरेशराज अधिकारीले न्युज लेखेका हुन् ।

न्यायाधीश योगेन्द्रप्रसाद साहको इजलासले मंगलबार पौडेललाई थप अनुसन्धानका लागि कारागार पठाउने आदेश गरेको हो । नेपाल सरकार वादी र कुसुम पौडेल प्रतिवादी भएको मुद्दामा न्यायाधीश साहले त्यस्तो आदेश गरेका हुन् । जिल्ला अदालत कास्कीमा थुनछेक बहसपछि न्यायाधीश साहले कुसुमलाई पुर्पक्षका लागि जेल पठाउने आदेश दिएका थिए ।

न्यायाधीश साहले अहिलेसम्मका प्रमाणका आधारमा कुसुम कसुदार देखिएको हुँदा पछि ठहरे बमोजिम हुने गरी पुर्पक्षका लागि थुन्न आदेश गरेका हुन् ।

अदालतमा मंगलबार भएको थुनछेक बहसमा कुसुमले श्रीयाको बलात्कारपछि हत्या गरेको बयान दिए । रक्सी खाएर मात्तिएपछि पैसाको प्रलोभन पारेर बाटोभन्दा केही मिटर पर लगेर बलात्कार गर्न लागेको कुसुमको बयान छ । श्रीयाले बलात्कारको प्रतिकार गर्दा घाँटीमा थिचेको र बेहोस भएको थाहा पाएपछि टाउकोमा ढुंगाले हानेर हत्या गरेको बयान कुसुमले अदालतमा दिएका छन् । उनले हत्यापछि श्रीयाको शवलाई झाडीमा फालेका थिए ।

जिल्ला अदालतले कुसुमलाई थुनुवा पुर्जी दिई जिल्ला कारागारमा पठाएको स्रेस्तेदार जगनाथ पौडेलले जानकारी दिए । वादी र प्रतिवादीले दिएको तत्काल प्रमाणको आधारमा अहिले पुर्पक्षका लागि पठाएको स्रेस्तेदार पौडेलले जानकारी दिए ।

जिल्ला सरकारी वकिलको कार्यालयले कुसुमविरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा सोमबार जिल्ला अदालतमा दर्ता गराएको थियो । त्यसअघि अनुसन्धान रिपोर्ट र जुटेका जति प्रमाणसहितको अभियोगपत्र जिल्ला प्रहरीले न्यायाधिवक्ताको कार्यालयमा बुझाएको थियो । प्रहरीले मंगलबार अदालतमा कुसुमले बयान दिएको भिडियो रेकर्ड, पोस्टमार्ट रिपोर्ट रिपोर्ट लगायत प्रमाण पेस गरेको छ ।

अदालतमा मंगलबार जिल्ला न्यायाधिवक्ता अजुर्नप्रसाद कोइरालाले कुसुमको विपक्ष र र वैतनिक वकिल कृष्णकुमार श्रेष्ठले पक्षमा बहस गरेका थिए । असोज ९ गते बेलुका पोखरा महानगरपालिका २२ कोदीबाट जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले कुसुम पौडेललाई पक्राउ गरेको थियो । उनी आफ्नै घरबाट पक्राउ परेका थिए ।

असोज ८ गते साँझ घरबाट बिस्कुट किन्न ५ मिनेटको बाटोमा रहेको दोकानमा गएकी श्रीया ९ गते विहान मृत फेला परेकी थिइन् । हत्यारा पत्ता लागिसकेको अवस्थामा अस्पतालभित्रै लास राखेर पनि केही नहुने भन्दै गत १७ गते श्रीयाका आफन्तले उनको दाहसंस्कार गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ