मोटरसाइकल मिनी ट्रकसँग ठोक्किँदा पोखराका २७ बर्षिय श्यामको मृत्यु

मोटरसाइकल मिनी ट्रकसँग ठोक्किँदा पोखराका २७ बर्षिय श्यामको मृत्यु

death_

पोखरा । पोखरा लेखनाथस्थित आदर्शचोकमा मिनी ट्रकसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मंगलबार ग १ ख ३४१६ नम्बरको मिनी ट्रकसँग ठोक्किँदा ग १ ३ प २६६० नम्बरका २७ वर्षीय मोटरसाइकल चालक श्याम गुरुङको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका गुरुङको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । मिनी ट्रकचालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ