इटालीमा स्याङ्जाका २९ वर्षीय शोभितको मृत्यु !

इटालीमा स्याङ्जाका २९ वर्षीय शोभितको मृत्यु !

shyanja

पोखरा । स्याङ्जा स्थायी घर भएका २९ वर्षीय शोभितबहादुर बिश्वकर्माको उपाचारको क्रममा इटालीमा मृत्यु भएको स्विट्जरल्याण्ड स्थित नेपाली दूतावासले जनाएको छ । रोजगारीको लागि डेढ बर्ष अघि इटाली पुगेका बिश्वकर्माको शुक्रबार उपचारको क्रममा अस्पतालमै निधन भएको हो ।

लगातार बान्ताको समस्या देखिएपछि अस्पताल पुगेका उनको उपाचारको क्रममा क्यान्सर लागेको पत्ता लागेको थियो। हाल दक्षिण इटालीको फोज्जिया प्रान्तमा बस्दै आएका उनको उपचारकै क्रममा मृत्यु भएको भनिएको छ ।

अस्पतालमा उपाचारार्थ बिश्वकर्माकी श्रीमतीलाई ईटाली ल्याउन नेपाली अवैतानिक बाणिज्यदूत पाउलो नुगारीमार्फत पहल थालिएको थियो । तर, श्रीमती इटाली आउनु अगावै बिश्वकर्माको मृत्यु भएको छ। उनकी ६ वर्षकी एक छोरीसमेत एनआरएन इटालीका महासचिव छबिलाल कडेलले जानकारी दिए।

स्विट्जरल्याण्डस्थित नेपाली दूतावासका अनुसार मृतकको शव नेपाल पठाउने प्रक्रिया सुरु गरिएको छ। शदगत नेपालमै गर्ने परिवारले इच्छा ब्यक्त गरेपछि शव नेपाल पठाउने प्रक्रिया थालिएको दूतावासले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds