बागलुङ बृहत निशुल्क योग तथा बिसेसग्य आयुर्बेद शिविर हुदै

बागलुङ बृहत निशुल्क योग तथा बिसेसग्य आयुर्बेद शिविर हुदै

fb 333

बाग्लुङ । बागलुङमा बृहत निशुल्क योग तथा बिसेसग्य आयुर्वेद शिविर हुने भएको छ । गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजनामा स्वास्थ्य जीवन अभियान अन्तर्गत जेठ ३० गते देखि ३२ गते सम्म बृहत निशुल्क योग शिविर र ३० गते विशषेज्ञ आयूर्वेद स्वास्थ्य शिविर आयोजना गरिएको मन्त्रालयका कार्यक्रम संयोजक नवीन किरण भुसालले जानकारी दिए ।

उनका अनुसार आजभोलि नसर्ने रोगहरुको प्रकोप बढिरहेको साथै नसर्ने रोगको कारणले अकाल मृत्युको दर बढिरहेको सन्दर्भमा योग जीवन शैली व्यवस्थापन र आयूर्वेदको माध्यमबाट यस्ता समस्याहरुको न्यूनीकरण गर्न सकिने हुनाले शिविरको आयोजना गरिएको बताए ।

शिविरमा बिहान ६ बजे देखि ८ बजे सम्म ब्राउन आइज पार्टी प्यालेसमा डा। योगी विकासानन्दको योग प्रशिक्षण साथै धौलागिरी अंचल आयुर्वेद औसधालयमा ३० गते बिहान १० बजे देखि दिउसो ४ बजे सम्म निशुल्क औसधि वितरण प्रयोगशाला सेवा सहित बिसेसग्य आयुर्वेद स्वास्थ्य शिबिर संचालन गरिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ