पोखरामा होमवर्क नगरेको भन्दै विद्यार्थी कुट्ने शिक्षक प्रहरी नियन्त्रणमा

पोखरामा होमवर्क नगरेको भन्दै विद्यार्थी कुट्ने शिक्षक प्रहरी नियन्त्रणमा

पोखरा । कास्की प्रहरीले होमवर्क नगरेको भन्दै विद्यार्थी कुट्ने शिक्षकलाई नियन्त्रणमा लिएको छ । पोखरा २५ हेमजा स्थित हेमजा बोडिङ स्कूलमा अध्ययरत १४ वर्षिय एक बालकलाई होमवर्क नगरेको भनि कुटपीट गरेको आरोपमा शिक्षक श्रीराम त्रिपाठीलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो ।

शिक्षक त्रिपाठीले कक्षा कोठा भित्रै बिद्यार्थीलाई होमवर्क नगरेको भनि कुटपीट गरि घाइने बनाएको आरोप छ । शिक्षकलाई नियन्त्रणमा लिई कानुनी प्रकृया अघि बढाइएको जिल्ला प्रहरी कार्याल कास्कीका प्रहरी नायव उपरिक्षक राजकुमार केसीले बताए ।

जिल्ला प्रहरी कार्यालय कास्कीले सोही विद्यालयका विद्यार्थीलाई सोमबार प्रहरी सगँ एक दिन कार्यक्रम सञ्चालन गरेको थियो । कार्यक्रममा सहभागी भएका विद्यार्थी विद्यालय पुगे पछि प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ