सिद्धबाबा सडकखण्डमा पहिरो: मोटरसाइकल चालक तिनाउ नदीमा खसे (तस्विर सहित)

सिद्धबाबा सडकखण्डमा पहिरो: मोटरसाइकल चालक तिनाउ नदीमा खसे (तस्विर सहित)

siddha baba

file photo

बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा सडकखण्डमा पहिरो झर्दा एक जनाको मृत्यु भएको छ ।

अविरल वर्षापछि शनिबार दिउँसो पाल्पाको तिनाउ गाउँपालिकास्थित हेडबक्स नजिकै पहिरो खसेको थियो । पहिरोमा परेर मोटरसाइकलमा सवार पाल्पाको मित्याल गाउँपालिका ९ का ३२ वर्षीय धनवहादुर सुनारी मगरको मृत्यु भएको छ । लु ५० प ४६७१ नम्बरको मोटरसाइकलमा बुटवलबाट पाल्पा जाँदै गरेका उनी पहिरोमा परेका थिए ।

सडक माथिबाट करिब ३० मिटर पहिरो झरेको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ । पहिरोका कारण बुटवल–पाल्पा खण्ड अवरुद्ध छ ।

पहिरोमा परेका उनलाई ढुंगाले च्यापेको अवस्थामा देखिएपनि पहिरो झरिरहेको र नदीमा बाढी आएकाले प्रहरीले उद्धार गर्न कठिन भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ