प्रमुखको टुङ्गो नहुँदा पर्वतको सिंचाई डिभिजन उद्घाटन हुन सकेन

प्रमुखको टुङ्गो नहुँदा पर्वतको सिंचाई डिभिजन उद्घाटन हुन सकेन

sinchai

महेन्द्र जिसी, पर्वत । दुई सातादेखि कार्यालय प्रमुखको टुङ्गो नलाग्दा जिल्ला जलश्रोत तथा सिँचाई डिभिजन कार्यालय उद्घाटन हुन सकेको छैन । प्रमुख नै नभएपछि क्षमता बढाइएको पर्वतको कार्यालय उद्घाटन हुन नसकेको हो । विभागबाटै कर्मचारी तय नभएका कारण उद्घाटनको तयारी भएको कार्यालयको ढोका नउघारिएको हो ।

गएको चैत्र २८ गते देखि खारेजीमा परेको कार्यालय भदौको पहीलो सातामा उद्घाटनको तयारी भईसकेको भएपनि प्रमुख कार्यालयमा नआएका कारण उद्घाटन हुन नसकेको कर्मचारीहरुले बताएका छन् । विभाग नै परिवर्तन भएको र क्षमता बढाइएका कारण पुराना खाता बुझाउनु पर्ने भएपछि बहालवाला प्रमुख बंशिहरी कोईराला महिना दिन अगाडी नै सरुवा भएपछि कार्यालय प्रमुख विहीन भएको हो । कार्यालया सुब्बा डण्डपानी शर्माले एक सातामा प्रमुख आईपुग्ने र कार्यालय उद्घाटन हुने बताए ।

कार्यालय उद्घाटन नहुँदा कार्यक्रम पनि नआईसकेका कारण कर्मचारीहरुले दिनभर बसेर दिन कटाउँदै आएका छन् । नाम परिवर्तन गरीएको कार्यालय उद्घाटन नहुँदा कार्यक्रम पनि परिर्वतन हुने भएपछि पुराना आयोजनाको काममा समेत हात हाल्न नसकेको कर्मचारीहरुले बताएका हुन् ।

अहिले कार्यालयमा रहेका पाँच जना कर्मचारी दिनभर कार्यलयमा आएर बसेर मात्र दिन कटाउँदै आएका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ