यस्तो रह्यो मुक्तिनाथको स्की (फोटो फिचर)

यस्तो रह्यो मुक्तिनाथको स्की (फोटो फिचर)

Ski1

सुर्य तिमिल्सिना, मुस्ताङ । यो वर्ष मुस्ताङमा लगातार परेको हिउँका कारण हिउँमा चिप्लेटी खेल्ने साहसिक खेलकुदको सम्भाबना समेत त्यत्तिकै बढेको छ ।
धार्मिक तथा पर्यटकीय मात्र हैन साहसिक खेलको हबको रुपमा समेत मुस्ताङ चिनिन लागेको छ ।

पर्यटन प्रबर्धन तथा बिकासको उद्देश्य सहित मुस्ताङको मुक्तिनाथ परिसरमा शनिबार देखि सुरु भएको स्की तालिम यो दोश्रो चोटी हो । यस अघि माघमा पहिलो पटक स्की प्रतियोगिता नै भएको थियो ।

युरोपेली मुलुकमा स्की प्रशिक्षकको रुपमा काम गर्दै आएका समिर थापाले स्की प्रशिक्षण गराइरहेका छन् । स्की खेलले मुस्ताङको पर्यटनमा नयाँ आयाम थप्नेमा आफू बिश्वस्त रहेको होटल ग्राण्ड शाम्ब्लाका संचालक सुरज गुरुङले बताए ।

हिमालयन स्की ट्रेक तथा होटल ग्राण्ड शाम्ब्ला, मुक्तिनाथको संयुक्त आयोजनामा स्की तालिम संचालन भएको हो ।


                                                                                                              तस्बिर : सुर्य तिमिल्सिना

प्रतिक्रिया

लेखकको बारेमा

सूर्य तिमिल्सिना

सूर्य तिमिल्सिना

तिमिल्सिना गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ


This will close in 2 seconds