राती निन्द्रा लाग्दैन ? यसो गर्नुस !

राती निन्द्रा लाग्दैन ? यसो गर्नुस !

sleep

बिहान फ्रेश महसुस गर्नका लागि राती मिठो निन्द्रा लाग्न अत्यावश्यक छ । मानिसहरु सुत्नका लागि बेडमा पल्टिएपनि निकै बेरसम्म सुत्ने कसरत गरिरहेका हुन्छन् । यदि तपाईं पनि यहि सूचीमा पर्नुहुन्छ भने यी सजिलो तरिका अपनाएर मज्जाले निदाउन सक्नुहुन्छ ।

नियमित योग गर्नुहोस्ः योग गर्दा शरिरले आराम पाउँछ । साथै यसले तनाव पनि कम गर्दछ जसले तपाईंलाई मिठो निन्द्राको लागि सहयोग पुर्याउँछ ।

राती चिया वा कफी नपिउनुहोस्ः  राती चिया वा कफी नपिउनुहोस् । यी दुबै पेय पदार्थमा यस्ता तत्व पाइन्छन् जसले उत्तेजना बढाउँछ र निन्द्रा गायब गरिदिन्छ ।

सुत्ने र उठ्ने समय निश्चित गर्नुहोस्ः  सुत्ने र उठ्ने समय निश्चित गर्दा पनि मिठो निन्द्रा लाग्ने गर्दछ । यसका लागि अलार्म लगाएर सुत्नुहोस् ।

अबेरसम्म नउठ्नुहोस्ः  धेरै मानिसहरु बेडमा सुतेर फोनमा व्यस्त हुने गर्दछन् जसका कारण उनीहरु राती अबेरसम्म जागा हुने बानी पर्दछ । यदि तपाईं पनि यस्तै गरिरहनु भएको छ भने यो बानी आजैदेखि त्याग्नुहोस् ।

सुत्नुअघि टिभी नहेर्नुहोस्ः  धेरै मानिसहरु सुत्नुभन्दा अघि टेलिभिजन हेर्ने गर्दछन् । यस्तो बानीले पनि निन्द्रा बिथोल्ने गर्दछ । सकेसम्म यो बानीलाई छोड्नुहोस् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ