पोखराबाट हराएका लमजुङका सोम नेपालगञ्जमा ! साथीको सम्पर्कमा आए

पोखराबाट हराएका लमजुङका सोम नेपालगञ्जमा ! साथीको सम्पर्कमा आए

Cover 1

पोखराबाट सम्पर्कविहीन भएका लमजुङ सुन्दरबजार नगरपालिका वडा नं ९ का १७ वर्षीय सोम गुरुङले आफू नेपालगञ्जमा भएको साथीलाई फेसबुक सन्देश छाडेका छन् । निशान भनेर चिनिने सोम असार १३ गतेदेखि सम्पर्कविहीन थिए । पोखरा १४ हवेलीमार्गबाट मध्यान्हको समयपछि उनी बेपत्ता भएपछि उनका लमजुङका शिक्षक विशाल श्रेष्ठ ‘ओसिएन’ ले खोजी कार्य तीब्र बनाएका थिए ।

सोम पोखरा काजीपोखरीमै बसेर प्लस टु पढ्दै आएका थिए । उनको म्युजिकप्रति निकै झुकाव छ । अनुहार गहुँ गोरो, उचाइ ५ फिट ४ इन्च भएका सोमको फेसबुक वालमा मृत्यु जस्ता कुरा लेखेका थिए । जसकारण परिवार निकै चिन्तित अवस्थामा थियो । आफ्नो साथी साजन दुरालाई उनले आफू अब ठूलो मान्छे बनेर मात्र फर्कने म्यासेज गरेका छन् । १०,२० वर्षसम्म घर नफर्कने भन्दै बुबाआमालाई चिन्ता नलिन आग्रह गरेका छन् ।

http://gandaknews.com/som-gurung/

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ