Gandak News
Our News Your Views
NIEC raw
openhouse
Url

कास्कीमा कार्कीको कडा कमाण्डः दिनदिनै ड्रग्स कारोबारी पक्राउ, १८ वर्षीय तामाङ ठूलो मात्रामा ड्रग्स सहित प्रहरी फन्दामा

एसपी दानबहादुर कार्कीले जिल्ला प्रहरी कार्यालय कास्कीको कमाण्ड सम्हालेको ठ्याक्कै १३ दिन भयो । कार्यालय प्रमुखका रुपमा काम गरेको यति छोटो समयमै नोटेवल काम गरी देखाएका छन् । शुक्रबार ठूलो मात्रामा लागूऔषध सहित १ जनालाई पक्राउ गर्न कास्की प्रहरी सफल भएको छ । सिन्धुपाल्चोक चौतारा गाउँपालिका १० शंखमुल घर भई हाल पोखरा महानगरपालिका १० बस्ने १८ वर्षिय डेबिड तामाङ रहेका छन् । उनको कोठासम्म सामान पु¥याउने गरेको आशंकामा केही ट्याक्सी चालकसमेत प्रहरी नियन्त्रणमा छन् । यद्यपी, प्रहरीले अनुसन्धान प्रभावित हुने भएकाले सार्वजनिक गरेको छैन ।

Loading...

विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका १० पश्चिमाञ्चल क्षेत्रीय अस्पताल नजिक बिजय कुमार गुरुङको घरमा डेरा गरी बसेका तामाङलाई निजकै डेरा कोठाबाट पक्राउ गर्न सफल भएको हो । पक्राउ परेका तामाङको साथबाट प्रहरीले डाईजापाम, फेनरागन र नुर्फिन गरी १४६४ एम्पुल, फेन्सिडिल ३ बोरा (३३८ बोत्तल) र नाईट्रोसन चक्की १०० थान गरी जम्मा १९०२ थान लागूऔषध सहित बरामद गरेको छ । पक्राउ परेका तामाङ माथि थप अनुसन्धान भईरहेको छ ।

छोटो समयमै ठूलो मात्रामा लागूऔषध कारोबारीहरु पक्राउ परेका छन् । यही जेठ २९ गते पोखरा महानगरपालिका १० बुद्धचोक बस्ने ३८ वर्षिया देवी कुमारी गुप्तालाई ९०० थान लागूऔषध सहित पक्राउ गर्न सफल भएको छ ।

beacon

सोही मितिमा नै प्रहरी निरीक्षक गणेश सुवेदीको कमाण्डमा खटिएको प्रहरी टोलीले पोखरा स्थित उत्तमचोकबाट १५०० थान लागूऔषध सहित जोन भनिने गोविन्द थापालाई पक्राउ गर्न सफल भयो । सो क्रममा गोली नै चलाउनुपरेको थियो । प्रहरी समेत घाईते भएका थिए । घुँडामुनि गोली लागेका थापाको उपचार भइरहेको छ ।

तस्विरः प्रत्यक्षदर्शी

Loading...

अपडेटः उत्तमचोकमा गोली चल्दा प्रहरी सहित जोन घाईते, तत्काल अमरसिंहबाट ड्रग्ससहित महिला पनि पक्राउ

 

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

ट्रेन्डिङ

छुटाउनुभयो कि?