स्कुलमा भएको मनिटरको चुनाव हारेपछि विद्यार्थीले जीवन नै त्यागे

स्कुलमा भएको मनिटरको चुनाव हारेपछि विद्यार्थीले जीवन नै त्यागे

Student-1

कक्षाकोठामा भएको निर्वाचनमा हारेपछि एक छात्रले जीवन नै त्याग गरेका छन् । भारतको तेलंगाना भुवनगिरी जिल्लाको रमन्नापेटमा शुक्रवार कक्षा ८ मा अध्ययन गर्ने विद्यार्थीको शव रेलको पटरीकामा काटिएको अवस्थामा फेला परेको छ ।

प्रहरीले दिएको जानकारी अनुसार चरण भोंगिरले विद्यालयमा भएको मनिटरको चुनाव हारेका थिए । अहिले अड्कल लगाइएको छ कि यसकारण उनले जीवन त्याग गर्न पुगेका हुन् । डिसीपी नारायण रेड्डीका अनुसार उनी बिहिबार देखि नै वेपत्ता भएका थिए । कृष्णादेवी ट्यालेन्ट स्कूलमा उनी अध्ययन गर्थे ।

मृतक विद्यार्थीका परिवारले स्कुल विरुद्ध मुद्धा दायर गरेर घटना अगाडि बढ्न सक्ने बताइएको छ । छात्रकी आमा विजयालक्ष्मीका अनुसार १६ जुलाई स्कुलमा निर्वाचन भएको थियो । उनले ५ भोटले हारेका थिए । यसकारण अत्याधिक तनाबमा पनि थिए । बिहिबार स्कुलबाट आएपछि उनले छोरालाई अन्तिम पटक देखिन् । स्कुलबाट आएर उनी हराए । राति अबेरसम्म नआएपछि बिहिबार रातिदेखि नै खोजिकार्य तीव्र बनाइएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ