बागलुङे युवकले फेसबुकबाटै भेटिएकी पाकिस्तानी युवतीसँग गरे बिहे

बागलुङे युवकले फेसबुकबाटै भेटिएकी पाकिस्तानी युवतीसँग गरे बिहे

sudina_acharya_amna_shafiq

बागलुङ – सामाजिक सञ्जाल फेसबुक प्रयोगकै क्रममा सम्पर्क बढेपछि बागलुङका ब्राम्हण समुदायका एक युवाको पाकिस्तानी मुस्लिम युवतीसँग विवाह भएको छ ।

बागलुङ नगरपालिका– १२, अमलाचौरका २३ वर्षीय सुदिन आचार्यले पाकिस्तानकी २२ वर्षीया आम्ना सफिकसँग बागलुङ जिल्ला अदालतमा आइतबार विवाह दर्ता गरे ।

पाकिस्तानको रावलपिण्डीमा ‘आइटी इञ्जिनीयरिङ’ अध्ययनरत सफिकले सामाजिक सञ्जालमार्फत आचार्यसँग सम्पर्कमा आएपछि नेपाली भाषा समेत सिकेर विवाह गरेका हुन् ।
दुई वर्ष अघि देखि चिनजान भएपछि उनले नेपाली भाषा सिक्न थालेका थिए । नेपालको ग्रामिण बासिन्दा झैँ बोल्न र लेख्नसक्ने भएपछि उनले विवाहका लागि तयारी गरे । विवाहमा आचार्यका बाबु टीकाराम र आमा डिलमाया अदालत गएका थिए ।

केटीका तर्फबाट भने अभिभावक नभए पनि उनले पाकिस्तानी नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र र केही समयदेखि बागलुङ नगरपालिका–१२ को अमलाचौरमै अस्थायी बसोवास गरेको सिफारिस लिएर पुगेकी थिईन् । सफिकले पाकिस्तानी बाबुआमासँग पनि सहमति लिएको बताईन् ।

मुलुकी देवानी संहिता २०७४ को दफा ७७ बमोजिम दर्ता विवाह गर्न मञ्जुर भए न्यायाधीशले विवाह गराइदिनसक्ने व्यवस्था अनुसार यो विवाह गराइएको अधिवक्ता तिलकबहादुर रिजालले बताए ।

‘अदालतमा रितपूर्वको निवेदन दिएपछि सबै प्रक्रिया पुर्‍याएर विवाह गराइदिएको हो’ न्यायाधीश प्रकाशप्रसाद पण्डितले भने, “फरक धर्म र संस्कृतिलाई समाजले पनि स्वीकारेको यो नौलो घटना हो ।”

कानुनी रुपमा बलियो बनेर उनीहरुले गरेको औपचारिक विवाहमा सम्लग्न न्यायाधीश पण्डितले बताए । मुस्लिम बुहारी स्वीकार्न सक्ने अभिभावकको उदारताकोे उहाँले प्रशंसा गरे । पाकिस्तान वा अन्य मुस्मिल देशमा विवाह गरेको भए धर्म परिवर्तन अनिवार्य मानिन्थ्यो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ