‘सुहायो चौपट्टै’ भन्दै आए पशुपति, देवी, राजु र सुस्मिता, ‘लौरी हरायो’ जस्तै चौपट्टै राम्रो (भिडियो )

‘सुहायो चौपट्टै’ भन्दै आए पशुपति, देवी, राजु र सुस्मिता, ‘लौरी हरायो’ जस्तै चौपट्टै राम्रो (भिडियो )

Suhayo chaupattai

गत वर्ष रिलिज भएका तीज गीत मध्ये अहिलेसम्म याद भइरहने पहिलो गीत कुन हो ? तपाईंलाई झल्याँस्स सम्झना भईहाल्छ,  ‘लौरी हरायो’ । त्यही टीमले यस वर्षको तीज गीत रिलिज गरेको छ । तीजे गीतको सम्राटका रुपमा चिनिएका पशुपति शर्मा, नेपाली लोकदोहोरीमा सर्वाधिक स्वर दिने देवी घर्ती सहित, लोकप्रिय गायक राजु ढकाल र सुस्मिता घर्ती मगरको सहकार्यमा सुहायो चौपट्टै तीज गीत आजमात्रै युट्युबमार्फत सार्वजनिक भएको हो ।

भिडियो क्लिक गर्नुहोस्: 

देवी घर्ती राजु ढकाल युट्युब च्यानलमा अपलोड हुने बित्तिकै चर्चा पाउन सुरु भइसकेको छ । सबैले गीतमा राम्रो प्रतिक्रिया दिएका छन् । भिडियो पनि हँस्यौली पारामा बनेको छ । जसले निकै मनोरञ्जन प्रदान गर्दछ । पशुपति र देवी स्वयंले मुख्य भूमिका निर्वाह गरेका छन् ।

यस तीजे गीतको भाका र शब्द गायक पशुपति शर्माको हो । प्रस्तुतकर्ता समेत रहेकी देवी घर्तीको आवाजका साथै राजु ढकाल र सुस्मिता घर्तीको स्वर भरिएको छ । कृष्ण बिक भाञ्जाले एरेञ्ज र कुमार रानाले मारुनी डिजिटलमा मिक्सिङ गरेका हुन् ।

भिडियो निर्देशन गरेका दुर्गा पौडेल आफैले खिचेका हुन् भने विजय बुढा मगरले नचाएका छन् । मेघराज बस्नेतले सबैलाई राम्रा बनाइदिएका छन् । नविन घर्ती मगरले भिडियो सम्पादन गरेका हुन् ।

http://gandaknews.com/lauri-harayo/

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds