पोखरामा अर्को घटनाः बिरामी श्रीमती कुर्न बसेका श्रीमानले घाँटी थिचेर मारेको आरोप (भिडियोसहित)

पोखरामा अर्को घटनाः बिरामी श्रीमती कुर्न बसेका श्रीमानले घाँटी थिचेर मारेको आरोप (भिडियोसहित)

pokhara ghatana

घरायसी झगडाका कारण गत पुस १२ गते पोखरा १४ चाउथेकी शुशीला कार्की पोखराको गण्डकी मेडिकल कलेजमा भर्ना भईन् । उनलाई उनकै श्रीमान् रामबहादुर कार्कीले अस्पताल ल्याएका थिए । एक छिमेकीका अनुसार अघिल्लो रात रुँदै शुशिला उनको घरमा गईन् । उनका अनुसार श्रीमानले बारम्बार कुट्ने गरेको, थर्काउने गरेको र आफू मरेमा आफ्ना सन्तानलाई हेरिदिन उनले आग्रह गरेकी थिईन् ।

अस्पतालले प्यारालाईसिस भनेर केही समय भर्ना गरेर राख्यो । करिब २० दिन पछि शुशिला हल्का हिँड्न सक्ने भईन् । उनलाई थेरापीको लागि स्पर्श आयुवेद अस्पतालमा लगियो । शुशिलाकी आमा बाटुली पहारीका अनुसार आफूले छोरीलाई खाना खुलाएर घर पुग्दा ज्वाईंले छोरी मरेको खबर दिएको बताईन् । गत बिहीबार त्यस्तो अवस्थामा छोडेर आएकी छोरी कसरी एक्कासी मरिन् भन्दै उनले श्रीमान् राम बहादुरले अर्की बिहे गर्न घाँटी थिचेर मारेको समेत आरोप लगाईन् ।

शुशिलाको शव पश्चिमाञ्तल स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा राखिएको छ । गाउँलेहरुले रिपोर्ट नआई शव नलाने अडान लिएका छन् । गाउँका महिला दिदीबहिनीहरुले अस्पताल नै घेरेका छन् भने रामबहादुरको धेरै महिलाहरुसंग सम्बन्ध रहेकाले अर्को बिहेको लागि आफ्नी श्रीमती मारेको आरोप लगाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ