नवलपरासीको सुस्तामा १० जनाले किशोरी बलात्कार गरे, ९ पक्राउ

नवलपरासीको सुस्तामा १० जनाले किशोरी बलात्कार गरे, ९ पक्राउ

susta rapee

प्रतिकात्मक चित्र

नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–३ सेखुवानामा एक १९ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको अभियोगमा पश्चिम नवलपरासीमा प्रहरीले नौ अभियुक्तलाई पक्राउ गरेको छ । सुस्ता गाउँपालिका–३ बाट उनीहरुलाई पक्राउ गरिएको हो । कार्यालय हिँडेकी १९ वर्षीया किशोरीमाथि स्थानीय दश युवाले डरत्रास देखाइ उखुबारीमा लगेर सामूहिक रुपमा जबर्जस्ती करणी गरेको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।

घटनामा संलग्न अभियुक्त भागेर विभिन्न स्थानमा लुकिछिपी बसेका थिए । फरार एक जनाको पनि खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । बलात्कारमा संलग्नहरू १९ देखि ४० वर्षसम्मका छन् । पक्राउ पर्नेमा १९ वर्षका अमरनाथ भेडियार र पिन्टु राजभर, २२ वर्षका सन्दीप यादव, शिवराज राजभर र राजु भेसहर तथा २५ वर्षीय मनमोहन राजभर, ३२ वर्षीय सुरेन्द्र यादव, ३७ वर्षीय भीमललवा मुसहर र ४० वर्षीय नेत्र चौधरी पक्राउ परेका हुन् । उनीहरू सबै सुस्ता–३ कै भएको प्रहरीले जनाएको छ । तर, पीडितहरूसँग उनीहरूको चिनजान नभएकोसमेत प्रहरी बताउँछ ।

एक सहकर्मी युवकसँग मोटरसाइकलमा कार्यालय जाने क्रममा आइतबार बिहान ९ बजे घटना भएको हो । मोटरसाइकल रोकेर युवक फोनमा कुरा गरिरहेका वेला सो समूहले नियन्त्रणमा लिएर कुटपिट गरेको र किशोरीलाई नजिकै उखुबारीमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । सबैले पालैपालो बलात्कार गरेपछि भागेका थिए । घटनास्थल भारतको सीमानजिकै पर्छ ।

पक्राउ परेका सबैविरुद्ध जबरर्जस्ती करणी अन्तर्गत मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । मुलुकी अपराध संहिताको परिच्छेद १८ को दफा २९९ को उपदफा ९७० अनुसार सामूहिक बलात्कार मुद्दामा १५ वर्षसम्म कैद सजाय हुने प्रावधान छ । १८ वर्षभन्दा माथिका युवतीमाथि हुने बलात्कारमा १० वर्ष कैद र सामूहिक बलात्कार भए थप पाँच वर्ष कैद सजाय हुने व्यवस्था छ । सोही सजाय माग दाबी गरी मुद्दा चलाउने प्रहरी तयारी छ ।

तस्विरः नयाँ पत्रिकाबाट

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds