स्याङ्जा गाहाखोलामा गुडिरहेको ट्रकमाथि ढुङ्गा खस्दा चालकको ज्यान गयो

स्याङ्जा गाहाखोलामा गुडिरहेको ट्रकमाथि ढुङ्गा खस्दा चालकको ज्यान गयो

accident_sidartha_highway

स्याङ्जा – सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जाको वालिङ नगरपालिका—१३ गाहाखोलामा गुडिरहेको ट्रकमा सडक माथिबाट ढुङ्गा खस्दा चालकको ज्यान गएको छ ।

स्याङ्जावाट बुटवलको लागि छुटेको ग १ क ३७७२ नम्बरको मिनि ट्रकमा पहाडबाट अचानक खसेको ढुङ्गा लागेर पुतलीबजार नगरपालिका–३, का २८ वर्षीय प्रेम शर्माको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रवक्ता प्रकाश विष्टले जानकारी दिनुभयो ।

ट्रकका सहचालक राजन विकका अनुसार आफूलाई ढुङ्गा लागिसकेपछि चालकले गाडीलाई सडकको कुनातर्फ मोडेका थिए । ढुङ्गाले ट्रकलाई छेडेर चालकको टाउकोमा लागेको विकले बताउनुभयो ।

ढुङ्गा लागेर गम्भीर घाइते भएका शर्मालाई प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइपु््र्याएको केहीबेरमा नै चिकित्सकले मृत घोषणा गरेका थिए । ट्रकमा रहेका अन्य दुई जना भने सकुशल रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ