स्याङ्जामा जीप दुर्घटना, बालकसहित तीनको मृत्यु, २३ घाइते

स्याङ्जामा जीप दुर्घटना, बालकसहित तीनको मृत्यु, २३ घाइते

jeep-accident-syangja

स्याङ्जा । स्याङ्जाको गल्याङमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । बुधबार भएको सो दुर्घटनामा २३ जना घाइते भएका छन् । पाल्पाको रामपुरबाट गल्याङका लागि छुटेको लु १ ज ३८४१ नम्बरको जीप गल्याङ् नगरपालिका-३ मा रहेको बुटवल पावर कम्पनी नजिकैबाट करिब ४ सय मिटर तल खसेको थियो ।

क्षमता भन्दा बढी मान्छे राख्दा जीप अनियन्त्रित भएर दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले बताए। दुर्घटनामा जीपमा सवार दुई महिला र एक बालकको मृत्यु भएको जिल्ला प्रहरीले कार्यालय स्याङ्जाले जानकारी दिएको छ । मृत्यु हुनेमा वालिङकी मन्जु भण्डारी गैरे, पाल्पाकी फनीमाया नेपाली र वालिङका दुई वर्षीय बालक प्रशन्न दर्जी रहेका छन् ।

बालकको स्याङ्जाकै गल्याङ सामुदायिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको र दुई जना महिलाको पाल्पाको लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएकाको मिशन अस्पताल पाल्पामा उपचार भइरहेको छ । जीपमा २८ जना सवार रहेको बताइएको छ । दुर्घटनामा पर्नेहरुमा तीज मनाएर घर फर्कदै गरेका महिला धेरै छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ