स्याङ्जाको हरिनाशमा ४ वर्षीय छोरा रिजनसहित चित्रको हत्या, श्रीमती सकुशल

स्याङ्जाको हरिनाशमा ४ वर्षीय छोरा रिजनसहित चित्रको हत्या, श्रीमती सकुशल

chitra rijan

स्याङ्जाको हरिनास गाउँपालिका वडा नं. ३, ललही मिनडाँडामा बाबु र नाबालक छोराको हत्या भएको छ । मंगलवार विहान सँगै सुतिरहेका बाबुछोराको हत्या भएको प्रहरीले जनाएको छ ।

उनीहरुको अपरिचित व्यक्तिको प्रहारबाट घटनास्थलमै मृत्यु भएको हो । राति सुतिरहेको अवस्थामा धारिलो हतियार प्रहारबाट ३० बर्षीय बाबु चित्र बहादुर खड्का र ४ बर्षका छोरा रिजन खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरिक्षक राजकुमार लम्सालले जानकारी दिए । बाबुको टाउको र छोराको घाँटीमा प्रहार गरिएको छ । बाबु र छोराको कम्मरभन्दा माथिको भागमा झण्डै आठ-दश ठाउँमा धारिलो हतियारको चोट लागेको छ ।

एउटै कोठाको अर्को खाटमा सुतेकी श्रीमती उठेर चिच्याएपछि मास्क लगाएका व्यक्तिहरु भागेको श्रीमतीको भनाई उदृत गर्दै प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ ।

घटनास्थल इलाका प्रहरी चौकीबाट झण्डै दुई किलोमिटरको दूरीमा रहेको छ । उक्त स्थानमा दुई घर मात्रै रहेको बताइएको छ । घटना कसले र किन घटायो भन्ने खुल्न सकेको छैन । घटनापश्चात स्थानियबासी त्रसित बनेका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ