अनियमितता बढेको भन्दै नेकपाका नेताले नगरपालिकामा गरे तालाबन्दी

अनियमितता बढेको भन्दै नेकपाका नेताले नगरपालिकामा गरे तालाबन्दी

tala bandi

बागलुङ । बागलुङ नगरपालिकामा अनियमितता, ढिलासुस्ती, भ्रष्टाचार बढेको भन्दै नेकपाका एक नेताले तालाबन्दी गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० बागलुङका नेता कृष्ण पाठकले बुधबार बिहान नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

‘यो नगरपालिकामा व्यापक अनियमितता छ, लापर छ, मनपरी भएको छ,’ उनले भने, ‘पार्टीको निर्देशन नमान्ने र कमाउ धन्दामा लागेको हुँदा सचेत गर्न सांकेतिक रुपमा तालाबन्दी गरेको हुँ ।’ आफु नगरबासीको हैसियतले तालाबन्दी गरेको उनको भनाई छ ।

‘यहाँ जेगरे पनि हुने, सरकारले पठाएको पत्रहरु गायब गर्ने, बजेट फ्रिज बनाउने र अटेरीपन छ, भनेको     सुन्दैनन् ।’ नगर प्रमुख पार्टीका नेताहरुले पटक–पटक सचेत बनाए पनि सुध्रिन नसकेको आरोप लगाए ।

बागलुङ नगरपालिका वडा नम्बर १२ भैरवस्थान सडक कालोपत्र गर्न आएको समपुरक बजेट ७ करोड रूपैयाँ र थप अनुदानको ३ करोड रूपैयाँ फ्रिज बनाएको आरोप नेता पाठकले लगाएका छन् ।

तालाबन्दी बारे नगरपालिकाले कुनै प्रतिक्रिया जनाएको छैन । यस विषयमा बुझन खोज्दा नगर प्रमुख जनकराज पौडेल कार्य व्यस्ताको कारण कुराकानी हुन सकेन । नगरपालिकाले ताला तोडेर नियमित काम सञ्चालन गरेको नगर प्रमुखको सचिवालयले जानकारी दिएको छ ।

बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेल नेकपा गण्डकी प्रदेश सदस्य हुन् भने नेता पाठक प्रस्ताविक जिल्ला कमिटी सदस्यमा रहेका छन् । यसअघि नेकपाले नगरपालिकाबाट प्रवाह हुने सेवा सुविधामा ढिला सुस्ती, कर्मचारीको व्यवस्थापनमा समस्या, कर्मचारी मेयरको नियन्त्रण बाहिर रहेको भन्दै पटक पटक सचेत गराएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ