तनहुँको तालघरेमा दुर्घटना: मोटरसाइकल चालक गम्भीर घाइते, पोखरामा उपचार हुँदै

तनहुँको तालघरेमा दुर्घटना: मोटरसाइकल चालक गम्भीर घाइते, पोखरामा उपचार हुँदै

talghare

तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नम्बर १ तालघरेमा मंगलबार दिउँसो दुर्घटना भएको छ । पृथ्वी राजमार्ग अन्तरगत तालघरेमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा मोटरसाइकल चालक व्यास ११ बस्ने वर्ष २२ को दिपेन्द्र क्षेत्री रहेको जिल्ला प्रहररी कार्यालय तनहुँले जनाएको छ ।

तनहुँको डुम्रे बाट पोखरा तर्फ जादै गरेको बा ८७ प ७८४६ नम्बरको मोटरसाइकल र पोखरा बाट चितवन जादै गरेको ना ३ ख ७५४७ नम्बरको बस एकआपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो ।

घाइतेको दमौली स्थित रत्नहरि अस्पतालमा सामान्य उपचार पछि पोखरा रिफर गरिएको प्रहरीले जानकारि दिएको छ । घाइते क्षेत्रीको पोखरा स्थित मणिपाल अस्पतालमा उपचार भैरहेको छ ।

बस चालक, बस र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको र राजमार्ग सुचारु भैसकेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ