स्याङजामा ३० जनाले लिए उद्घोषण तथा नेतृत्व विकास तालिम

स्याङजामा ३० जनाले लिए उद्घोषण तथा नेतृत्व विकास तालिम

05

पोखरा : स्याङजामा ३० जना युवा युवतीहरुले तीन दिने उद्घोषण तथा नेतृत्व विकास तालिम लिएका छन् । वालिङ नगरपालिका वडा नं ३ ले आयोजना गरेको तीन दिने उद्घोषण तथा नेतृत्व विकास तालिम स्थानीय ३० युवा युवतीहरुले लिएका हुन् ।

तालिममा वडा नम्बर ३ का माझकोट, राम्चे, बुढाकोट, सिङगारकोट लगायतका गाउँबाट ३० जना युवा युवतीहरु सहभागि भएका थिए । बुधबार तीन दिने तालिम समापन कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका उपमेयर कल्पना तिवारीले महिला र पुरुषमा कुनै पनि क्षमताको भिन्नता नरहेको भन्दै अवसर पाएमा सबैले प्रगति गर्न सक्ने धारणा राखिन् ।

‘महान विचार र उच्च लक्ष्यका साथ अघि बढ्ने मान्छे जुनसुकै काममा पनि सधैँ सफलता हाँसिल गर्छन्’ उनले भनिन् । महिलाहरुले आफनो व्यक्तित्व र नेतृत्वमा निखार ल्याएमा आगामि दिनमा नेतृत्वदायी भूमिका खेल्ने उनले बताईन् ।  युवा युवतीहरुको बोल्ने बानीको विकास होस भन्ने उद्देश्यले पहिलो पटक यस्तो कार्यक्रम गरेको बताउँदै वडाध्यक्ष सुकराज गुरुङले यस्तो कार्यक्रमको माग र चासो बढेमा यस्तो तालिमलाई निरन्तरता दिइरहने बताए ।
कार्यक्रममा वालिङ नगरपालिका कार्यपालिका सदस्य गीता रानपाल, नेकपाका वडा अध्यक्ष थमन गुरुङ, तालिम संयोजक कौबहादुर गुरुङ, प्रशिक्षक रोशनी गुरुङ लगायतले मन्तव्य राखेका थिए । तालिममा मादी न्युज डटकम तथा तमू संसार पत्रिकाका सम्पादक रोशनी गुरुङले सहजीकरण गरेका थियो भने तालिमका प्रशिक्षार्थी यन्सरी गुरुङले कार्यक्रमको सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ