गाउँ-गाउँमा सिंह दरबार : गाउँपालिकामा कर्मचारी अभाव, एउटा वडाबाट अर्को वडा पुग्न एक दिन

गाउँ-गाउँमा सिंह दरबार : गाउँपालिकामा कर्मचारी अभाव, एउटा वडाबाट अर्को वडा पुग्न एक दिन

Taman-Khola-gaupalika-Baglung

बाग्लुङ । बाग्लुङको तमानखोला गाउँपालिकामा दरबन्दीअनुसार कर्मचारी नभएपछि गाउँपालिकाको नीति तथा कार्यक्रम कार्यान्वयनमा समस्या भएको छ । गाउँपालिका जिल्लाको सबैभन्दा विकट क्षेत्रमा रहेको छ । १८ जना कर्मचारीको दरबन्दी रहे पनि गाउँपालिकामा हाल ४ जना कर्मचारी मात्रै कार्यरत छन् ।

कर्मचारी अभावले गाउँपालिकाले तय गरेको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न समस्या भएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताए । अहिले गाउँपालिकामा एक जना अधिकृत, एक लेखापाल र दुई जना सचिव मात्रै छन् ।

६ वटा वडामा विभाजित गाउँपालिको सबै काम दुई जना सचिवले गर्नुपर्ने बाध्यता छ । सचिवलाई कामको चाप पर्दा स्थानीयले सेवासुविधा पाउन सकेका छैनन् । विकट क्षेत्रमा रहेको गाउँपालिकाको एउटा वडाबाट अर्को वडामा पुग्न एक दिन खर्चनुपर्ने बाध्यता छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ