सार्वजनिक जग्गा मिचेको घर भत्काउन लाग्दा पोखरामा तनाव (भिडियो)

सार्वजनिक जग्गा मिचेको घर भत्काउन लाग्दा पोखरामा तनाव (भिडियो)

pokhara 5 nalepatab

पोखरा महानगरपालिका वडा नं. ५ अन्तर्गत धारापानी मार्गमा रहेका मापदण्ड विपरितका घरहरु भत्काउन जिल्ला प्रशासन कार्यालय कास्की, पोखरा महानगरपालिका, वडा नं. ५ को कार्यालय, नागरिक समाजको टोली सोमबार पुग्यो । स्थानीयको चर्को विरोध भयो । तरपनि केहि संरचना भत्काइएको छ ।

युवा व्यवसायी युवराज खतिवडा लगायतको घर मापदण्ड बिपरित र सार्वजनिक जग्गा मिचेर बनाएको भन्दै  यसअघि नै विवाद हुँदै आएको छ । पोखरा महानगरकै प्रबक्ता समेत रहको धनबहादुर नेपालीले आफूले चुनावकै बेला मिचेर बनाइएका संरचनाहरु भत्काउने बाचा अनुरुप काम थालनी गरेको बताए ।

महानगरको डोजर साथै महानगर प्रहरी घर भत्काउन जाँदा स्थानीयहरुको चर्को अबरोध भएपछि वडा प्रहरी कार्यालय बैदाम, जिल्ला प्रहरी कार्यालय कास्कीबाट उल्लेखनीय संख्यामा प्रहरी परिचान गरिएको थियो । वडा सदस्य अन्जु केसीसंगको व्यक्तिगत झगडाका कारण युवराज खतिवडाको घर भत्काईएको स्थानीयहरुको आरोप थियो । यद्यपी, वडाध्यक्ष धनबहादुर नेपालीका अनुसार यो कानुनी प्रकृया अनुसार नै भत्काईएको र बाँकी संरचनाहरु पनि यसैगरी भत्काईने स्पष्ट पारे । स्थानीय, प्रहरी र जनप्रतिनीहरुबीच भनाभन तथा हात हालाहालको अवस्था समेत सिर्जना भएको थियो ।

हेर्नुहोस् भिडियोः

https://youtu.be/ssfyp5QAR_E

https://youtu.be/Cb9x09O9ReQ

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds