तनहुँमा अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण

तनहुँमा अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण

aapanga-apanga-750×375

तनहुँ । तनहुँको भिमाद नगरपालिकाले ३ सय ५० अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गता परिचयपत्र वितरण गरेको छ । सोमा पुरुषको संख्या २ सय र महिलाको संख्या १४० रहेको छ । नगरपालिकाले ‘क’ वर्गका ६९, ‘ख’ वर्गका १ सय ३९, ‘ग’ वर्गका ९२ र ‘घ’ वर्गका परिचयपत्र लिने ५० लाई परिचयपत्र वितरण गरेको हो ।

गत जेठ २२ गतेदेखि नगरपालिकाले प्रत्येक वडामा गएर अपाङ्गता परिचयपत्र वितरण कार्य थालेको नगरपालिकाका अपाङ्गता समितिका संयोजक एवं कार्यपालिका सदस्य दिना गौतमले बताए । कोही छुटफुट भएमा केही समयपछि नगरपालिकाबाट नै परिचयपत्र वितरण गर्न आगामी बैठकमा छलफल हुने उनले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds