सवारी दुर्घटनाबाट तनहुँमा मात्रै वर्षभर ६१ जनाको मृत्यु, ट्राफिकले डेढ करोड बढि उठाए

सवारी दुर्घटनाबाट तनहुँमा मात्रै वर्षभर ६१ जनाको मृत्यु, ट्राफिकले डेढ करोड बढि उठाए

gasis1

तनहुँ । तनहुँमा सवारी दुर्घटनाको आँकडा डरलाग्दो छ । मुलुककै एक मुख्य राजमार्ग पृथ्वी राजमार्गको ठूलो क्षेत्र तनहुँमा रहेकाले पनि सवारी दुर्घटनाको संख्या धेरै र बढी मान्छेको मृत्यु भएको हो । पृथ्वीराजमार्गको ७२ किलोमिटर भाग तनहुँ जिल्लामा पर्दछ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका अनुसार १०६ दुर्घटनामा ६१ जनाको मृत्यु भएको छ । २०७५ साउनदेखि २०७६ असार मसान्तसम्मको अघिल्लो वर्ष दुर्घटना र मृत्यु हुनेको संख्या थोरी बढी थियो । आर्थिक वर्ष २०७४ ७५ मा ११२ दुर्घटना भएको थियो भने ६५ जनाको मृत्यु भएको यिो ट्राफिक प्रमुख प्रहरी नायव निरिक्षक पूर्णबहादुर अधिकारीले जानकारी दिए ।

एक वर्षघर घाईते भएकामध्ये ११८ गम्भिर हुन् भने ७१ जना सामान्य घाईते भए । दुर्घटनामा मोटरसाइकलको सङ्ख्या सबैभन्दा बढी छ । यस अवधिमा ६६ मोटरसाइकल, ३७ बस, १९ जीप तथा कार, ११ ट्रक। टिपर र नौ माइक्रोबस दुर्घटना भएको कार्यालयले जनाएको छ ।

डेढ करोड बढि राजश्वमा योगदान

जिल्ला ट्राफिक प्रहरी कार्यालय, तनहुँले आर्थिक वर्ष ०७५र७६मा डेढ करोड बढी राजश्वमा योगदान गरेको छ ।२६ हजार ६४६ चालक कारबाहीमा पर्दा एक करोड ६६ लाख ९४ हजार राजश्व सङ्कलन भएको प्रमुख अधिकारीले जनाए । आर्थिक वर्ष ०७४र७५ मा भने एक करोड ६९ लाख २६ हजार ५ सयराजश्व सङ्कलन गरेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds