पोखराबाट छुटेको हाईस तनहुँको छबिसेमा दुर्घटना हु्ँदा ८ जना घाइते (नामावलीसहित)

पोखराबाट छुटेको हाईस तनहुँको छबिसेमा दुर्घटना हु्ँदा ८ जना घाइते (नामावलीसहित)

accident pic symbol

photo accident symbol

पोखरा । पोखराबाट दमौली तर्फ जाँदै गरेको बा २ ख १८९१ नम्बरको हाईस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । शुक्रबार तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर ४ छबिसे स्थित पृथ्वी राजमार्गमा हाईस आफै अनियन्त्रीत भई दुर्घटना हुँदा ८ जना घाइते भएका हुन् ।

प्रहरीका अनुसार हाईस अनियन्त्रीत भएपछि सडकबाट करिब १२ फिट तल खसेको थियो । दुर्घटनामा परी घाइते हुनेहरु मध्य कास्कीको अन्नपुर्ण गाउँपालिका-९ बस्ने ३३ बर्षिया सम्झना पुन मगर, पोखरा महानगरपालिका-९ बस्ने २९ बर्षिय नबिन भुजेल, पोखरा महानगरपालिका-२४ बस्ने २३ बर्षिय सुशान सुबेदी, तनहुँको देबघाट गाउँपालिका-२ बस्ने ४० बर्षिय बिजय थापा, ४६ बर्षिय छबिलाल थापा, नवलपरासीको बुलिङटार गाउँपालिका-५ बस्ने २६ बर्षिय कृष्ण बहादुर राना, ५९ बर्षिय हर्क बहादुर थापा र भारतका ३६ बर्षिय जितेन्द्र पाण्डे रहेका छन् ।

घाइते सबैको उपचारको लागि दमौली अस्पताल पठाईएर घटनाको विषयमा थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds