तनहुँको कमलबारीमा टुरिष्ट बस र ट्रक ठोक्किँदा ९ जना घाइते

तनहुँको कमलबारीमा टुरिष्ट बस र ट्रक ठोक्किँदा ९ जना घाइते

bus truck

फाइल तस्विर

तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका वडा नं. १२, कमलबारीमा टुरिष्ट बसर र ट्रक ठोक्किँदा ९ जना घाइते भएका छन् ।

काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको बा१प ९१३ नम्बरको पर्यटक बस र विपरीत दिशाबाट गईरहेको ना६ख ५८६५ नम्बरको ट्रक ठोक्किँदा नौ जना घाईते भएको तनहुँ प्रहरीले जनाएको छ ।

घाइते भएकाहरुलाई तत्काल उद्धार गरी दमौलीस्थित रत्नहरि मेमोरियल अस्पताल लगी उपचार गरिएको प्रहरीले जनाएको छ । घाईते सबै सामान्य छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ