माछा मार्न गएका तनहुँका शेरलाई नदीले बगायो

माछा मार्न गएका तनहुँका शेरलाई नदीले बगायो

dubeko

पोखरा । मर्यास्ङ्दी नदीलेबगाउँदा तनहुँको भानु नगरपालिका वडा नम्बर ९ पातलेका शेरबहादुर गुरुङ बेपत्ता भएका छन् । मंगलबार माछा मार्न गएका ४५ बर्षीय गुरुङलाई नदीले बगाएपछि बेपत्ता भएका हुन् ।

आज दिउँसो करिब २ः३० बजे गुरुङलाई नदीले बगाएको सूचना पाउने बित्तिकै घटना स्थलमा पुगेका प्रहरी टोलीले उनलाई खोजिरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।

‘स्थानीयहरुले उनलाई नदीले बगायो भन्ने सूचना दिने बित्तिकै हाम्रो प्रहरी टोली घटना पुगेर खोजी गरिरहेको छ’ उनले भने, ‘अहिलेसम्म भेटिएको छैन । हाम्रो प्रहरी टोलीसँगै स्थानीयले पनि खोज्न सहयोग गरिराख्नु भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ