लमजुङमा २८ गते ‘लाइभ स्ट्याण्ड अप कमेडी’ शो हुँदै

लमजुङमा २८ गते ‘लाइभ स्ट्याण्ड अप कमेडी’ शो हुँदै

stand up live comedy show in lamjung press meet

श्यामशितल परियार, लमजुङ । ‘हाँस्दै हँसाउदै सामाजिक कार्यमा युवाको हात’ भन्ने मुल नाराका साथ लमजुङमा पहिलो पटक ‘लाइभ स्ट्याण्ड अप कमेडि सो’ हुने भएको छ । सोमबार पत्रकार सम्लेन गर्दै युनाइटेड युथ फर नेशन –युवाइएन) ले नयाँ वर्षको अवसर पारेर आगामि चैत २८ गते लमजुङमा ‘कमेडी शो’ गर्ने जनाएको हो ।

‘कमेडी शो’ बाट उठेको सबै रकम सामाजिक सेवाका क्षेत्रमा खर्च गरिने युवाइएनका संस्थापक कार्यक्रम संयोजक विशाल सापकोटाले बताए । ‘कार्यक्रमबाट संकलन भएको पैसाले हामी लागुऔषध दुव्र्यसन तथा महिला हिंसा विरुद्धको तालिमका साथै साइबर क्राइम र कृषिका विषयमा समेत सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नेछौँ,’ उनले भने, ‘यसैगरी हामीले भक्ति नमुना माविको विशेष कक्षामा पढ्ने विद्यार्थीलाई आवश्यकता अनुसार शैक्षिक सामग्री र हर्राबोटमा रहेको वृद्ध आश्रमलाई पनि सहयोग गर्नेछौँ ।’

‘कमेडी शो’ मा अहिलेका चर्चित स्ट्याण्ड अप कमेडियन सरोज भण्डारी, डोरेश खतिवडा र लेखमनि त्रितालको प्रस्त’ती रहनेयुवाइएन लमजुङमाका सल्लाहकार विराट अपरिचित न्यौपानेले बताए । उनका अनुसार चैत २८ गते पहिलो शो बिहान ११ बजेबाट २ बजेसम्म र दोश्रो शो दिउँसो ३ बजेदेखी साँझ ६ बजेसम्म चल्नेछ ।

‘कमेडी शो’ हेर्न आउने अतिथिदेखि रिपोर्टिङका लागि आउने पत्रकारलाई र सर्बसाधरण सबैलाई टिकट शुल्क २ सय रुपैयाँ तोकिएका आयोजकले जनाएको छ । ‘अतिथिको रुपमा १५ जनालाई बोलाएका छौँ । अतिथिका साथै पत्रकारलाई पनि टिकट शुल्क लिनेछौँ । उनीहरुले एकचोटी काटेको टिकटले दुवै शो हेर्न पाउँनेछन्’ न्यौपानेले भने, ‘कार्यक्रममा ६० जना स्वयमसेवक खटिन्छन् । उनीहरुलाई टिकटमा ५० प्रतिशत छुट गरेका   छौँ ।’

शो बाट उठेको रकम सामाजिक क्षेत्रमा खर्चने उद्धेश्य भएकाले सामाजिक क्षेत्रमा सबैको पैसा परोस् भन्ने उद्धेश्यले कार्यक्रममा आउने अतिथि र पत्रकारलाई समेत टिकट शुल्क लिइने य’वाइएन लमजुङका अध्यक्ष विवेक शर्माले बताए । उनका अनुसार युवाइएनले काठमाडौँ, पोखरा, चितवन, झापा र लमजुङमा सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ