ड्युक बाइक चढेर पोखरामा नक्कली नोट फैलाउने दुई जना पक्राउ

ड्युक बाइक चढेर पोखरामा नक्कली नोट फैलाउने दुई जना पक्राउ

nakkali note

पोखरा । पोखराबाट नक्कली नोट र नोट प्रिण्ट गर्ने रंगिन प्रिण्टर सहित २ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पोखरा १६ अर्मलाका विभिन्न किराना पसलहरुमा नक्कली पैसा दिएर रिचार्ज कार्ड लिएर फरार भएको सूचना पाएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

ग १४ प ३५४ नम्बरको डुक मोटरसाईकलमा हिड्ने २ जनाले १ हजारका नक्कली नोटसँग रिचार्ज कार्ड साटेका थिए । प्रहरीले मकवानपुर हेटौंडा घर भई हाल पोखरा महानगरपालिका–५ प्रस्याङ स्थित धारामार्गमा डेरा गरी बस्ने ३३ बर्षका नरेश लामा र श्रीमती वर्ष २५ की सरस्वती बलामीलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट १ हजारका १९ थान नक्कली नोट, नक्कली नोट बनाउन प्रयोग हुने १ थान कलर प्रिण्टर, एनटिसी र एनसिएलका ९० हजार बराबरको रिचार्ज कार्ड, एउटा ल्यापटप, २ वटा मोवाईल र केही भारतीय नोट बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुमाथी थप अनुसन्धान चलिरहेको कास्की प्रहरीले जनाएको छ ।

पक्राउ परेका ब्यक्तिहरुको वतन

जिल्ला मकवानपुर हेटौडा म.न.पा. ०९ बस्ने बर्ष ३३ को नरेश लामा
जिल्ला मकवानपुर हेटौडा म.न.पा. ०१ बस्ने बर्ष २५ को सरस्वती बलामी ।

बरामद गरीएका सामान:-

Lenovo कम्पनिको ल्यापटप थान-१
CANON कम्पनिको कलर प्रिन्टर थान-१
OPPO कम्पनिको मोबाईल थान-२
कैचि थान -१
कटर
पेपर
नेपाली रकम रु. १,२८,४३०।– ( एक लाख अठ्ठाईस हजार चार सय तिस मात्र )
भारतिय रकम रु. १,०००।– ( एक हजार मात्र )

रिचार्ज कार्ड NTC

१) रु. १०० को ७९ थान जम्मा रु. ७९००

२) रु. ५० को ११ थान जम्मा रु. ५५०

रिचार्ज कार्ड NCELL

१) रु.१०० को ७४० थान जम्मा रु. ७,४०००

२) रु.५० को ५६ थान जम्मा रु. २,८००

नक्कलि :–

च २५ ६३४१४६ नं को नक्कलि नोट रु. १००० को थान १३
च २५ ६३४१६३ नं को नक्कलि नोट रु. १००० को थान ६
जम्मा १९,०००।– अक्षेरुपि (उन्नाईस हजार मात्र )
ग १४ प २५४ नं को DUKE मोटरसाइकल
पक्राउ परेका ब्यक्तिहरुको नागरीकता थान -२

अनुसन्धान पछी खुलेको तथ्यहरु

मिति २०७५।०९।२७ गते मकवानपुरबाट पोखरा आएको ।
करिव ३ दिन जति लेकसाईडको होटलमा बसेकोमा त्यसपछि पोखरा-५, पर्स्याङमा भाडामा बस्दै आएको ।
Youtube मा नक्कली पैसा बनाउने भिडियो हेरि सोही अनुसार बनाउन सिकेको ।
नक्कली पैसा print गर्ने चाहिने color printer पोखरा भाटभटेनीमा गई किनेको र आफू बस्ने कोठामा नै Laptop, color printer, फोटोकपी पेपर, कैची, गमको प्रयोग गरि नक्कली पैसा बनाउने गरेको ।
पोखराका बिभिन्न स्थानहरुमा गरि करिव २०० भन्दा बढी स्थानहरुमा नक्कली पैसा दिई सामानहरु किन्ने गरेको । बढी मात्रामा Recharge Card किन्ने गरेको । कतै कतै आबश्यक अन्य सामानहरु पनि किन्ने गरेको ।
दिनमा करिब १०-१५ बटा सम्म साट्ने गरेको ।
विशेषगरि महिला, केटाकेटिहरु भएको पसलहरुमा गई नक्कली नोट दिने गरेको ।
घटनामा प्रयोग गर्ने गरेको ग१प ३५४, डुक मोटरसाईकल ग्लोवल रिकन्डीसन बाट किनेको ।
पक्राउ परेका दुईको डेड बर्ष देखी चिनजान भई अफियर चलेको तर केटा चाहीको बिहे भईसकेको ।

कास्कीमा ३६० थान लागू औषधसहित ३ ब्यक्ति पक्राउ

मिति २०७५।११।०२ गते जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १० बुद्धचोक स्थितमा लागू औषध ओसार प्रसार गरिरहेको गोप्य सुचना आधारमा यस जिल्ला प्रहरी कार्यालय कास्कीबाट  सादा पोशाकमा  खटिएको प्रहरी टोलीले निम्न स्थान बस्ने व्यक्तिहरुलाई झोलामा लुकाई छिपाई रहेको अबस्थामा लागू औषध नर्फिन १२० थान फेनारागन -१२० र डाईजापाम १२० गरी जम्मा ३६० थान सहित पक्राउ गरी मिति २०७५।११।०२ गते लागू औषध मुद्धामा म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य जारी रहेको ।

निम्न:-

  • जिल्ला कास्की पोखरा महानगरपालिका बडा नं १० रामघाट बस्ने बर्ष ३२ को विश्वास गुरुङ
  • जिल्ला रुपन्देही कोटहीमाई गा.पा.-२ भुवरी बस्ने बर्ष २४ को विनय चौधरी भन्ने चन्द्रकान्त थारु चौधरी
  • जिल्ला कास्की पोखरा म.न.पा.बडा नं ९ शिवटोल बस्ने बर्ष २५ को आषिश श्रीपाली

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ