पोखरामा अन्तराष्ट्रिय ओलोम्पिक दिवसमा ठेलो प्रतियोगिता हुने

पोखरामा अन्तराष्ट्रिय ओलोम्पिक दिवसमा ठेलो प्रतियोगिता हुने

thelo pokhara

पोखरा । अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसर पारी पोखरामा आगामि असार १० र ११ गते गण्डकी प्रदेशस्तरीय परम्परागत ठेलो खेल प्रतियोगिता हुने भएको छ । बिगतमा विभिन्न चाडपर्व विशेष र मेलाको अबसरमा आयोजना हुने ठेलो प्रतियोगिता प्रहिलोपटक प्रदेशस्तरीय गर्न लागिएको हो ।

भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजना एवं गण्डकी प्रदेश सरकारको सहयोग र नेपाल ओलम्पिक कमिटीको प्रवद्र्धनमा हुने प्रतियोगिता पोखराको टुँडिखेल मैदानमा हुने मञ्चले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्न मञ्चका महासचिव खेमबहादुर गुरुङको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरिएको छ । त्यस्तै समितिको प्राविधिक समिति संयोजकमा खड्ग रानाभाट, प्रचारप्रसार संयोजकमा केशव पाठक, मैदान व्यवस्थापन संयोजकमा दिलबहादुर गुरुङलगायत छन् ।

गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकूदमा समेत प्रवेश गराउन पहिलोपटक परम्परागत खेल ठेलो प्रतियोगिता हुन लागेको उपसमिति संयोजक गुरुङले जानकारी दिए । महिला र पुरुष गरी गण्डकी प्रदेशका ११ जिल्लाका खेलाडी दुई दिनसम्म पोखराको टुँडिखेल मैदानमा प्रतिष्पर्धामा भाग लिने जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds