टिकटकमाथि प्रतिबन्ध लगाउन सरकारलाई उच्च अदालतको आदेश !

टिकटकमाथि प्रतिबन्ध लगाउन सरकारलाई उच्च अदालतको आदेश !

tik tok

नयाँदिल्ली– भारतमा टिकटक प्रतिबन्ध लगाउन एक अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। टिकटकले अश्लील र अनुचित सामग्रीलाई प्रश्रय दिएको भन्दै मद्रासको उच्च अदालतले प्रतिबन्ध लगाउन केन्द्र सरकारलाई आदेश दिएको हो । टिकटक एप डाउनलोड निषेध गर्नसमेत आदेशमा भनिएको छ।

तमिलनाडुका सूचना प्रविधि मन्त्री एम मनिकन्दनले पनि टिकटकमाथि प्रतिबन्धका लागि केन्द्र सरकारसँग सहयोग माग गरेका छन् । समाजमा व्यवधान गर्ने सामग्रीलाई प्रोत्साहित गरिरहेको र भारतीय संस्कृतिलाई अवहेलना गरिरहेको भन्दै अदालतले टिकटक एपमाथि तत्काल प्रतिबन्ध गर्न भनेको छ ।

भारतमा एक अर्ब ४ करोडले टिकटक प्रयोग गर्छन। टिकटक चीनमा निर्माण भएको म्युजिकल एप हो । पछिल्लो समय आफ्नो अभिनय देखाउन, विभिन्न देशको कला संस्कृति र संगीतको प्रचार गर्ने सजिलो माध्यम टिकटक बनेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ