टिकटक भिडियो बनाउन खोज्दा २४ वर्षे युवकको ज्यान गयो

टिकटक भिडियो बनाउन खोज्दा २४ वर्षे युवकको ज्यान गयो

Pokhara-Internet

एजेन्सी,  नयाँदिल्ली : टिकटक भिडियो खिच्दै गर्दा २४ वर्षीय युवाको तलाउमा खसेर ज्यान गएको छ ।  हैदराबादको मडचल जिल्लास्थित दुलापाल्ली लेकमा बिहीबार साँझ नरसिम्ह नाम गरेका युवाले टिकटक भिडियोका लागि पोज दिँदै गर्दा तलाउमा खसेर मृत्यु भएको यहाँको प्रहरीले पुष्टि गरेको छ ।

अनलाईन न्युज ‘द न्युज मिनेट’ले प्रहरीलाई उधृत गर्दै त्यहाँ उनीहरु भिडियो पोज दिँदै नाच्दै गर्दा तलाउमा खसेको जनाएको छ । यस क्रममा उनी आफ्ना केही साथीहरुसँगै थिए । तलाउमा खसेपछि नरसिम्हले पौडी खेल्न नजानेपछि बचाउको लागि हात फैलाउँदै गरेको तर उद्दार हुन नसकेको बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ